भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर जन्मदिन मनाएका छन् । भक्तपुर नगरपालिका ९ कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले विहीबार आफनो ४३ औ जन्मदिन जिल्लाकै सुडालस्थित ठूली व्रम्हायणी आधारभूत विद्यालयका ससाना विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी मनाएका हुन् ।
स्कुलमा नर्सरीका १५, एलकेजीका १५ र यूकेजीका १५ गरी कुल ४५ जना विद्यार्थीलाई एकएक सेट पाठ्यपुस्तक प्रदान गरेका हुन् । विपन्न वर्गका वालवालिकाको पढन पाउने अधिकारबाट वञ्चित नहोस् भनेर एक समारोहवीच स्कुलमा गएर आफूले पुस्तक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा रोम्वस नेशनल स्कुलका निर्देशक सरिता कोजूले स्कुलले कमाएको केही रकम सामाजिक उतरदायित्वमा खर्च गर्ने क्रममा स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी सहयोग गरेको जनाइन् । करिव ५३ हजार बराबरको रकमबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गरिएको उनले जनाइन् ।
ठूली व्रम्हायणी आधारभूत विद्यालय सुडालका प्रिन्सिपल हरि राउतले प्राप्त पाठ्यपुस्तकले विपन्न वर्गका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारी स्कुलको रुपमा रहेको आफनो स्कुलमा दनुुवार, सुनुवार लगायतका जातका विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।
इमानको धरहरा सार्वजनिक
डा राजेन्द्र कोजूद्धारा लिखित कविता संग्रह इमानको धरहरा बिहीबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालले जुममार्फत् कविता संग्रहको सार्वजनिक गरे ।
कार्यक्रममा प्राज्ञ प्राडा नेपालले विमोचित कविता संग्रहबारे चर्चा गर्दै कविता संग्रहले राजनीतिक अस्तव्यस्ताकोबारे उत्कृष्ट व्यंग्य गरेको बताए । सवै नीतिको राजा राजनीति भएको र राजनीति ठिक नभएसम्म सवै क्षेत्रहरु व्यवस्थित नहुने अवस्थाको चर्चा गर्दै कविता संग्रहले राजनीतिलाई ठिक ठाउँंमा ल्याउन सहयोग गर्ने विश्वास गरे ।
लेखक डा कोजूको ४३ औ वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शव्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल, नेताहरुप्रति कविता संग्रहमा व्यंग्य रहेको जनाए ।
कविताका भाषा सम्पादक हरिप्रसाद ढकालले विमोचित कविता संग्रह भाषागत रुपमा मात्रै होइन, विषयगत रुपमा पनि उत्कृष्ट रहेको बताए । पूर्व प्रशाशक डा इन्दुल केसीले इमानको खडेरी परेको बेला प्रकाशित कविता संग्रह उपयोगी हुने बताए ।
पुस्तकको समिक्षा लेकख डा कोजूकी आफ्नै सुपुत्री मेरिट कोजूले गरेकी थिइन् । त्यस अवसरमा उनले कविता सवैले सजिलै बुझ्ने सरल भाषामा रहेको जनाइन् । कवितामा जनताको भाबना रहेको उनले जनाइन् ।
विमोचित कविता संग्रहमा राजनीतिक विषयवस्तु केन्द्रित ६० वटा कविताहरु संग्रहित छन् । कविता हाललाई इफर्ममा मात्रै प्रकाशित छ । भविष्यमा पुस्तक आकारमा कविता संग्रह प्रकाशित गर्ने जनाइएको छ ।