गोरखा- नवनियुक्त महान्यायाधिवक्ता बाबुराम कुँवरले मुद्दा सार्ने प्रवृत्ति नियन्त्रणलाई पहिलो प्रथामिकता दिने बताएका छन्। शनिबार सञ्चारकर्मीसँग महान्यायाधिवक्ता कुँवरले फौजदारी न्याय प्रणालीमा मुद्दा सार्ने प्रवृत्ति समस्याकै रूपमा रहेको बताए। 'सरकारी वकिल होस् या अन्य, दुईपटक मात्रै मुद्दा सार्न पाइने नियम छ, तर कैयौं पटक अनेक बहानामा मुद्धा सार्ने क्रम बढेको छ,' उनले भने।प्रहरी र वकिल दुवैको रोहवरमा घटना अनुसन्धान हुने र अनुसन्धान पूरा भए पनि ऐनमा तोकिएको दिनसम्म थुनामा राख्ने प्रवृत्ति निरुत्साहित गर्ने उनको भनाइ थियो। उनले अनुसन्धान सकिएपछि तत्काल सुनुवाइ गर्ने योजना बनाउने दाबी गरेका छन्। 'काठमाडौंमा धेरै समस्या छ,' उनले भने, 'न्यायाधीशहरूलाई स्रोत साधनको अभाव हुँदा मुद्दाको मिसिल तयार गर्न, अनुसन्धान र मुद्दाको सुनुवाइ गर्न समस्या भएको छ।'
महान्यायाधिवक्ता कुँवरले सरकारी वकिलहरूको हकहितका लागि छुट्टै ऐन ल्याउने तयारी पनि भइरहेको जानकारी दिए।
राज्यले बनाएको परिधिभित्र संयन्त्र रहेकाले पदाधिकारीले राम्रो काम नगर्दा गोरखा फुजेलका अधिकारी दम्पतीको घटनाले निकास नपाएको कुँवरको भनाइ थियो। 'राज्यको परिधिभित्र रहेर काम गर्ने अधिकारीहरूले कानुनबमोजिम काम गरेनन्, अधिकारीको घटना कसुरजन्य अपराध हो जस्तो लाग्छ,' कुँवरले भने, 'सक्दो चाँडो यथार्थ पत्ता लगाउन मेरो तर्फबाट प्रयास हुछ।' सशस्त्र द्वन्द्वकालमा मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै राजधानीमा नन्दप्रसाद र गंगामाया अधिकारी राजधानीमा आमरण अनशन बसिरहेका छन्।