काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन राकेश श्रीवास्तवलाई हटाएर आफ्नो पुनर्बहालीको माग राख्दै पूर्वडिन डा. शशि शर्माले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले 'तत्काल अन्तरिम आदेश जारी गर्न' अस्वीकार गरेको छ।न्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतबार 'हाल आइओएमको समस्या समाधान भई सुचारु काम भइरहेको देखिएकाले सुविधा र सन्तुलतको सिद्धान्तलाई आधार मान्दै अन्तरिम आदेश जारी गर्न आवश्यक नभएको' आदेश गरेको छ।
विगतमा आइओएममा भएका सम्पूर्ण क्रियाकलाप न्यायिक जानकारीमा रहेको र बन्द–हड्तालजस्ता क्रियाकलाप निरन्तर रहे आमजनताको स्वास्थ्य अधिकार हनन हुने देखिएकाले शर्माको निवेदनलाई अग्राधिकार दिने आदेश गरिएको छ। आमजनताले स्वास्थ्य सेवा पाउने हक कुण्ठित हुने गरी अदालतबाट श्रीवास्तवलाई हटाउने र शर्मालाई काम गर्न दिने आदेश जारी गर्दा पुनः अस्तव्यस्तता आउने सर्वोच्चले भनेको छ।
शर्माले उठाएका अन्य मागको विषयमा मुद्दा किनारा हुँदा बोलिने भएकाले हाल नियुक्त भएका डिन श्रीवास्तवले निरन्तरता पाउने अदालतको आदेशमा उल्लेख छ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि त्रिविले गरेको पछिल्लो निर्णय तत्काल खारेज नहुने भएको छ। २०४२ देखि त्रिविमा कार्यरत शर्मालाई त्रिविले २०७० पुस २५ गते आइओएम डिन नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले आइओएममा वरिष्ठता मिचेको भन्दै टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनसन बसेपछि २०७० माघ ८ गते त्रिविले डा. शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
शर्माको बर्खास्तगीपछि त्रिवि परिषदले माघ २९ गते वरिष्ठताका आधारमा श्रीवास्तवलाई डिन नियुक्त गर्ने निर्णय गरेको थियो। यसको करिब एक महिनापछि शर्मा उक्त निर्णयविरुद्ध सर्वोच्च आएका थिए।
शर्माले आफूलाई हटाउँदा नियमसंगत निर्णय नभएको जिकिर गरेका छन्। स्पष्टीकरण सोध्ने लगायत प्रक्रियामा सहभागी नगराई सिधै हटाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरित भएकाले खारेज गर्न माग गरिएको थियो।