काठमाडौं- पशुपति गुठीले बागमती जग्गा एकीकरण गर्दा धेरै जग्गा गुमेको र पशुपति पूजाआजामा प्रभाव परेको भन्दै चार रोपनी जग्गा क्षतिपूर्ति लिन सकेको छैन। २०५८ देखि सुरु भएको आयोजनामा प्रयोग भएको १ सय ७१ रोपनी जग्गामध्ये ४१ रोपनी जग्ग्गा घडेरी बनाउ“दा गुमेको भन्दै ४ रोपनी जग्गा क्षतिपूर्तिवापत पाउनुपर्ने सम्झौता गुठी र आयोजनाबीच भएको थियो।पशुपति गुठीका प्रशासकीय अधिकृत गोविन्दप्रसाद आचार्यले घडेरी प्लटिङको काम पूरा भइसक्दा पनि आयोजना क्षतिपूर्तिवापतको जग्गा नदिएको बताए। उनका अनुसार पुनरावेदन अदालतले छ महिना सम्झौताबमोजिम क्षतिपूर्ति दिन आयोजनालाई निर्देशन दियो। तर आयोजनाले फैसला चित्तबुझ्दो नभएको भन्दै तीन महिनाअघि सर्वोच्चमा मुद्दा हालेको छ।
आयोजनाले विभिन्न व्यक्तिगत जग्गासँगै पशुपति गुठीको जग्गा पनि एकीकृत विकासमा लाने भन्दै काम गरेको थियो। आफ्नो धेरै जग्गा गएको भन्दै आयोजनाले केही राहत दिने गरी यस्तो सम्झौता गरेको गुठीको दाबी छ। तर आयोजना सञ्चालन गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरण भने सय रोपनी मात्र जमिन प्रयोग गरेको भन्दै चार रोपनी जग्गा दिन अस्वीकार गरी अदालती प्रक्रियामा पुगेको छ।
गुठी स्रोतका अनुसार १ सय ७१ रोपनी जग्गा प्रयोग भएको भन्दै तत्कालीन अवस्थामा ४ रोपनी दिने सहमति भएको थियो। उनले ६ महिनाअघि पुनरावेदन अदालतले समेत ४ रोपनी जग्गा दिन फैसला गरेको बताए। तर प्राधिकरण चित्त नबुझी तीन महिनाअघि सर्वोच्च अदालतमा गएको छ भने मुद्दा फैसला भइसकेको छैन।
'उहाँहरुले आफ्नो जग्गा गएको भन्दै केही जग्गा माग्नुभएको छ तर हामीले त्यस्तो दिनुपर्ने देख्दैनौं। तर पनि अदालती प्रक्रियामा गइसकेकाले अदालतको फैसलाअनुसार जान्छौं,' काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले भने। उनका अनुसार ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
आयोजनाले प्लटिङ गरी जग्गाधनी र मोहीलाई घडेरी फिर्ता गरिसकेको छ। पशुपति क्षेत्र विकास कोष र काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिबीच उक्त क्षेत्रमा जग्गा एकीकरण आयोजना कार्यान्वयन गर्दा पशुपतिनाथ गुठीको धेरै जग्गा पर्ने हुँदा पशुपतिनाथको पूजा जात्रा सञ्चालनका लागि क्षतिपूर्तिस्वरुप पशुपति गुठीसँग सम्झौता भएको कोषले जनाएको छ।
'कोषबाट पटकपटक पत्राचार गर्दासमेत एकमुष्ठ प्लट उपलब्ध गराउनेतर्फ आयोजनाले गम्भीरतापूर्वक लिएको पाएनौं,' एक कर्मचारीले भने, 'त्यसपछि मुद्दामा पनि गयौं र पुनरावेदनले हाम्रो पक्षमा फैसला गर्योए।' तर प्राधिकरण सर्वोच्चमा पुगेकोबारे भने कोष जानकार नरहेको उनले दाबी गरे। कोषले आफूले सम्झौताअनुसार जग्गा नपाएको भन्दै ०६७ फागुन र ०६८ मंसिर मा दुईचोटि जग्गा बिक्रीवितरणमा रोकेको थियो। तर पुनरावेदनले आफ्नै पक्षमा फैसला गरेपछि रोक्का फिर्ता लिए पनि जग्गा नपाएकोे भन्दै कोष प्राधिकरणसँग असन्तुष्ट भएको स्रोतले जानकारी गरायो।