काठमाडौं- विस्तारित सडक निर्माणका लागि मिचिएका संरचना भत्काउने काम फेरि तीव्र भएको छ। राजधानीका मध्य सहरी क्षेत्रका स्थानमा केही समय रोकिएको संरचना भत्काउने कामले शनिबार पुनः गति लिएको हो। विस्तारका लागि सडक भत्काउने जिम्मेवारी पाएको उपत्यका नगर विकास प्राधिकरण काठमाडौंले शनिबार माइतीघर–डिल्लीबजार–पुतलीसडक, सिनामंगल पुल–पुरानो बानेश्वर–मैतीदेवी खण्ड, ज्ञानेश्वर ओरालो–मैतीदेवी चोक, त्रिपुरेश्वर कुपन्डोल जोड्ने सडकमा शनिबार डोजर लगाएपछि सहरका मध्य क्षेत्रका सडक विस्तारको काम अगाडि बढेको हो।
मिचिएका संरचना भत्काउन प्राधिकरणले चिह्न लगाएको लामो समयसम्म पनि स्थानीयले भत्काउन अटेर गरेपछि डोजर लगाउनुपरेको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले बताए। उनका अनुसार प्राधिकरणले डोजर लगाएपछि उक्त सडक खण्डका स्थानीयले आइतबारबाट स्वस्फुर्त रुपमा संरचना भत्काउन थालेका छन्।
प्राधिकरणका अनुसार सिनामंगलदेखि पुतलीसडक हुँदै रत्नपार्कसम्मको सडक १४ मिटर चौडाको हो। उक्त खण्डमा नियमअनुसार नै सडकका संरचना भत्काउने काम भइरहेको छ। तर ज्ञानेश्वर मोडदेखि मैतीदेवी चोकसम्ममा भने मापदण्डभन्दा ३ मिटर कम चौडा बनाउने काम भइरहेको छ। १४ मिटर चौडा उक्त सडकमा स्थानीयको अनुरोधपछि अहिलेलाई ११ मिटर चौडा बनाइएको छ।
सडक विस्तारपश्चात राजधानीका धेरै स्थानका सडक फराकिला र राम्रा बनिसकेका छन्। तर सँगै विस्तार गरिनुपर्ने केही स्थानमा भने भत्काउने काम बाँकी छ। प्राधिकरणले विस्तारै सबै स्थानमा भत्काउने कामलाई तिव्रता दिने जनाएको छ।
विस्तारका काम एकैपटक हुनुपर्ने दर्जनभन्दा बढी सडक खण्डमा मुद्दा, विवाद तथा स्थानीयको विरोध, सरकारी निकायकै असहयोग र कूटनीतिक असहयोग जस्ता कारण भत्काउने काम बाँकी रहेको प्राधिकरणले जनाएको छ। विस्तारका लागि पहिले नै भत्काइनुपर्ने सडक खण्डमा गोंगबु–टोखा, लैनचौर नारायणहिटी पर्खाल, माइतीघर–पुतलीसडक लगायत छन्।