काठमाडौं– नेपाली सेनाले सैनिक दिवसको अवसरमा गर्दै आएको विशेष प्रदर्शनी यस वर्ष दिउँसोको सट्टा साँझ हुने भएको छ। महाशिवरात्रिको दिन बिहीबार पर्ने सैनिक दिवसमा 'ट्याटु कार्यक्रम' (विभिन्न रङका प्रकाशको खेल) देखाउने योजना रहेकाले साँझ सारिएको नेपाली सेनाले जनाएको छ। यो प्रदर्शनी सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको छ।
'सैनिक दिवसको अवसरमा पहिलोपटक विशेष ट्याटु (प्रकाशको खेल) प्रदर्शन गर्दैछौं,' सैनिक प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलले सोमबार नागरिकसँग भने, 'कार्यक्रम विशेष प्रकाशमा गर्नुपर्ने भएकाले साँझ सारिएको हो।'
उनका अनुसार बिहीबार साँझ ५:५५ बजेबाट सैनिक मञ्च टुँडिखेलामा शिवरात्रि परेड तथा सैनिक दिवस कार्यक्रम सुरु हुनेछ। कार्यक्रमको सुरुवात तोप पड्काएर हुनेछ। त्यसपछि क्रमशः कवाज, प्याराजम्पिङ, हेलिकप्टर तथा जहाजको विशेष प्रदर्शनी, ट्याटु कार्यक्रम, सैनिक कला प्रदर्शनी र आतिसबाजी हुनेछ।
ट्याटु कार्यक्रमका लागि विशेष प्रकाश व्यवस्था गरेको उनले जानकारी दिए। 'लाइट सिस्टम' भने सेनाले 'आउटसोर्स' गरेको छ। आफूसँग भएका लाइट नपुगेपछि भाडामा लिइएको स्रोतले बतायो। यसका लागि आवश्यक ब्याकअप (जेनेरेटर) को समेत जोहो गरिएको छ। कार्यक्रम बेला टुँडिखेल वरपर बत्ती नकाटिदिन विद्युत प्राधिकरणसँग समन्वय गरिएको पोखरेलले जानकारी दिए।
कार्यक्रमअनुसार प्याराजम्पिङ, हेलिकप्टर तथा हवाइजहाज उडान प्रदर्शनीजस्ता कार्यक्रम घामछँदै सकिनेछ। अँध्यारो छाउन थालेपछि ट्याटु कार्यक्रम सुरु हुनेछ। ट्याटु प्रकाश (लाइट) सँग सम्बन्धित कला हो। कवाज प्रदर्शनी बेला सैनिक मञ्च टुँडिखेल नै झलमल्ल हुनेगरी बत्ती बालिने छैन। टुँडिखेलमा छरिएर सैनिकले गरेका प्रदर्शनीमध्ये जुन देखाउनुपर्ने हो, त्यसैमा मात्र प्रकाश पारिनेछ। 'यसपटक प्रकाश र परेडको खास मिश्रण गर्न खोजेका छौं,' उनले भने।