काठमाडौं- विदेशी नागरिकता लिएका कर्मचारीलाई सरकारी जागिर दिन नमिल्ने जिकिर गरिएको रिट दर्ता गर्न न्यायाधीश भरतबहादुर कार्कीको इजलाशले आदेश दिएको छ। यसअघि अधिवक्ताहरू कपिलदेव ढकाल, अनिलकुमार श्रेष्ठ र प्रेमप्रकाश धितालले माघ २७ गते दर्ता गर्न ल्याएको उक्त निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार लोहितचन्द्र साहले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका थिए। निवेदकहरूले सरकारी सेवामा रहेका राष्ट्रसेवकले अन्य देशको नागरिकता लिन नमिल्ने जिकिर गर्दै रिट दायर गर्न खोजेका थिए। तर उक्त निवेदन अपूर्ण रहेको भन्दै रजिस्ट्रार साहले दर्ता गर्न अस्वीकार गरेका थिए। रजिस्ट्रारको उक्त निर्णयविरुद्ध निवेदकहरूले फागुन १ गते इजलासमा निवेदन दिएका थिए।
उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कार्कीको इजलासले सर्वोच्च प्रशासनको आदेश बदर हुने निर्णय सुनाएको छ। इजलाशको आदेशपछि मंगलबार निवेदन दर्ता हुने सर्वोच्चले जनाएको छ। सरकारी सेवामा रहेको व्यक्तिले विदेशी नागरिकता लिँदा नेपालको सार्वभौमसत्तामा असर पर्ने भएकाले उनीहरुलाई तत्काल रोजगारीबाट हटाउन परमादेश जारी हुनुपर्ने माग निवेदनमा गरिएको छ।
निवेदनमा विदेशी नागरिकता वा पिआर (स्थायी बसोबास अनुमतिपत्र) लिने कार्यलाई निरुत्साहित गर्ने कानुन बनाउन र विदेशी पिआर लिएकालाई बढुवामा सिफारिस गर्ने लोकसेवाको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न पनि निवेदनमा माग गरिएको छ।