सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हानेर हत्या भएको छ। शुक्रबार अबेर राती उनको हत्या भएको प्रहरीले जनाएको छ।
ठेक्केदार र एक्स्काभेटर चालकसँग भएको सामान्य विवादपछि चालक रविन भन्ने हर्कबहादुर तामाङले एक्स्काभेटरको बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरले जानकारी दिए। एसपी राठोरका अनुसार ठेकेदार ईश्वरपुर नगरपालिका–३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१ का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई पक्राउ गरिएको छ। दाहाललाई घटनालगत्तै नियन्त्रणमा लिइएको थियो। फरार रहेका एक्स्काभेटर चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए। उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ।
भक्तिपुरमा केही दिनदेखि नगरपालिकाको लगानीमा पुरानो सार्वजनिक पोखरीको स्तरोन्नति गर्ने काम भइरहेको थियो। शुक्रबार वडा अध्यक्ष कामको अनुगमनमा गएका थिए। अबेर रातीसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र एक्स्काभेटर चालक हर्कबहादुर तामाङ होटलमा सँगै खाजा खाएको स्थानीय बताउँछन्। होटलमै विवाद सुरु भएपछि तीनै जना निर्माणस्थलमा फर्केको र त्यहीँ चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठबीच विवाद चर्केको बताइएको छ।
चालक तामाङले एक्स्काभेटर चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले हानेर लडाएको र त्यसपछि माटोले पुरेको घटनास्थल पुगेका प्रहरीले बताए। एसपी राठौरका अनुसार घटना योजना बुनेर नभई आवेशमा भएको देखिन्छ।
घटनास्थल पुगेका प्रहरी टोलीले वडा अध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा उद्धार गरी जिल्ला अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।