पाँच अमेरिकी कार्यक्रम घोषणा
१४ फागुन २०७०
•
५ मिनेट पाठ
पाँच अमेरिकी कार्यक्रम घोषणा
काठमाडौं– अमेरिकी विकास नियोग (युएसएआइडी)ले नेपालको विकासका लागि साढे १० अर्ब रुपैयाँ (१० करोड ४६ लाख अमेरिकी डलर) बराबरका पाँचवटा नयाँ कार्यक्रम घोषणा गरेको छ। युएसएआइडीका प्रशासक राजीव शाहले दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार कार्यक्रम घोषणा गरेका हुन्।'उहाँले थप समृद्ध, सुदृढ, प्रजातान्त्रिक नेपालको विकासका लागि करिब साढे १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो,' काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार विज्ञप्ति जारी गरेर भनेको छ। 
युएसएआइडीले ७ करोड डलर बराबरको सामुदायिक पुनर्लाभ क्षमता, २ करोड डलरको पाँच वर्षीय राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ र १ करोड डलर बराबरको परिवार नियोजनसम्बन्धी कार्यक्रम घोषणा गरेको हो। यस्तै, ४१ लाख डलरको तीन वर्षीय व्यावसायिक साक्षरता र ५ लाख डलर लागतको बाढीसम्बन्धी नवीन प्रारम्भिक सावधानी कार्यक्रम पनि घोषणा गरिएको छ। 
पुनर्लाभ क्षमता कार्यक्रमअन्तर्गत विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन कार्यक्रमलाई युएसएआइडीले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा प्रयाससँग समायोजन गरी बढी प्रभावकारी बनाउने जनाइएको छ। यो कार्यक्रमबाट अत्यन्त जोखिममा रहेका पहाडी क्षेत्रका करिब ५० लाख नेपालीले लाभ प्राप्त गर्ने विश्वास युएसएआइडीले लिएको छ। 'कार्यक्रमले नेपाल सरकारको सामुदायिक पुनर्लाभ क्षमता सुदृढ गर्न सहयोग पुर्यातउनेछ,' विज्ञप्तिमा उल्लेख छ। 
युएसएआइडीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रममार्फत शिक्षा मन्त्रालयको नेतृत्वमा मध्य तथा सुदूरपश्चिममा पर्ने २० जिल्लाका १ देखि ३ कक्षामा पढ्ने १० लाखभन्दा बढी विद्यार्थीको पढ्ने सीप र क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। युएसएआइडीले पहिलोपटक देशव्यापी रूपमा प्रारम्भिक कक्षा तहका विद्यार्थीमा पढ्ने सीप र क्षमताको मूल्यांकन अहिले सुर गरेको हो। 
व्यावसायिक साक्षरता कार्यक्रम सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका तराई तथा तल्लो पहाडी क्षेत्रमा पर्ने २० जिल्लामा सञ्चालन गरिने जनाइएको छ। यो 'फिड द फ्युचर' कार्यक्रमअन्तर्गतका कृषि र पोषणसम्बन्धी जारी गतिविधिको पूरक हुनेछ। कार्यक्रमलाई करिब ४८ हजार महिला, युवा, उपेक्षित र जातीय अल्पसंख्यकप्रति लक्षित गरिएको छ।
परिवार नियोजनसम्बन्धी कार्यक्रम भने युएसएआइडी, डिएफआइडी र नेपाल सरकारबीचको साझेदारीमा सञ्चालन हुनेछ। कार्यक्रम उपेक्षित घरपरिवारमा परिवार नियोजन सेवाको पहुँच अभिवृद्धिमा केन्द्रित हुनेछ। 'यो कार्यक्रम दुर्गम क्षेत्रमा पहुँचभन्दा पर रहेका समूहमा स्वास्थ्य सेवा विस्तार गर्न नमुना बन्ने अपेक्षा लिइएको छ,' विज्ञप्तिमा भनिएको छ। 
बाढीसम्बन्धी नवीन प्रारम्भिक सावधानी कार्यक्रम मध्य तथा सुदूरपश्चिम क्षेत्रका समुदायलाई बाढीबाट जोगाउन सञ्चालन गर्न लागिएको हो। यो कार्यक्रम युएसएआइडीको अफिस अफ फोरेन डिजास्टर असिस्टेन्सले सञ्चालन गर्नेछ। यसले प्रारम्भिक सावधानी प्रणालीका लागि आर्थिक सहयोग प्रदान गर्नेछ। कार्यक्रमअन्तर्गत बाढीको बढी खतरा हुने नदीमा गेज जडान गरिनेछ र जिल्ला अधिकारीहरूले ती गेजबाट संकलित तथ्यांक एसएमएस र इमेलमार्फत तत्कालै प्राप्त गर्नेछन्। 'यसले मानिसहरूको जीवन र जीविकालाई भावी खतराबाट जोगाउन मद्दत पुर्यारउनेछ,' युएसएआइडीले भनेको छ।


अर्को समाचार
अमेरिकाले सात करोड डलर दिने
१८ भदौ २०७१
•
३ मिनेट पाठ
अमेरिकाले सात करोड डलर दिने
काठमाडौं– अमेरिकाले नेपालका लागि तीन नयाँ कार्यक्रम घोषणा गर्दै त्यसका लागि ७ करोड अमेरिकी डलर (करिब ६ अर्ब ७९ करोड रुपैयाँ) छुट्ट्याएको छ। काठमाडौंमा आयोजित ‘रिजिलियन्स' सम्बन्धी बैठकले बुधबार कार्यक्रम घोषणा गरेको हो।अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) मार्फत दिइने उक्त सहयोगले प्राकृतिक विपत तथा अन्य तनावबाट समुदायलाई सामान्य स्थितिमा छिटो फर्कन मद्दत गर्ने जनाइएको छ। ‘ज्यान बचाउने र जीवनस्तर सुधार गर्ने, समावेशी आर्थिक वृद्धि गर्ने तथा मानवीय सहायताको आवश्यकतालाई न्यून गर्ने कार्यक्रमको लक्ष्य छ,' काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
अमेरिकी सहयोगमा सञ्चालन हुने तीन नयाँ कार्यक्रममा सामुदायिक उठनशीलता, बाढीसम्बन्धी पूर्वसूचना र विज्ञान तथा प्रविधि प्रतियोगिता रहेका छन्। सामुदायिक उठनशीलता कार्यक्रमले खाद्य तथा पोषण सुरक्षासम्बन्धी प्रयासलाई स्वीकृत गर्नेछ। ५० लाख मानिसले उक्त कार्यक्रमबाट लाभ लिन सक्ने विश्वास लिइएको छ। 
पूर्वी क्षेत्रका समुदायलाई बाढीबाट जोगाउनका लागि आवश्यक पूर्वसूचना दिने प्रणाली जडान गर्न आर्थिक सहयोग दिइने पनि विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यक्रमअन्तर्गत बाढीको जोखिममा रहेका नदीमा मापनयन्त्र जडान गर्ने र एसएमएस तथा इमेल प्रयोग गरी जिल्ला निकायलाई ताजा सूचना उपलब्ध गराइनेछ। ‘बाढी आएको अवस्थामा यसले ज्यान बचाउन सहयोग गर्नेछ,' अमेरिकी दूतावासको विज्ञप्तिमा भनेको छ। 
यस्तै, नेपालमा दिगो खाद्य सुरक्षाको साहसी र नवीनतम समाधानका लागि विज्ञान तथा प्रविधि प्रतियोगिता आह्वान गरिनेछ। प्रतियोगिता भदौ १९ गते खुल्ने जनाइएको छ जसमा खासगरी मध्य तथा सुदूरपश्चिमका जिल्लामा केन्द्रित व्यक्ति, गैरमुनाफामूलक संस्था, शैक्षिक संस्था र निजी क्षेत्र सहभागी हुनेछन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस