काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत सम्बन्धनप्राप्त शिक्षालयमध्ये नेपाली सेनाको महाँकालस्थित नर्सिङ महाविद्यालय स्वास्थ्य कार्यक्रमतर्फ उत्कृष्ट बनेको छ। सिटिइभिटीले भौतिक पूर्वाधार, शैक्षिक पठन–पाठन वातावरण, उच्च व्यवस्थापन, गुणस्तरीय अध्ययन–अध्यापन र शिक्षार्थीको अनुशासनलगायतका आधारमा नर्सिङ महाविद्यालयलाई उत्कृष्ट घोषणा गरेको हो। परिषदले सम्मानस्वरुप महाविद्यालयलाई प्रशंसापत्र प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
२०६८ सालमा स्थापित उक्त महाविद्यालयमा पिसिएल नर्सिङ तेस्रो ब्याचमा १ सय २० जना, बिएन नर्सिङ दोस्रो ब्याचमा ८० जना र बिएस्सी नर्सिङ तेस्रो ब्याचमा ८१ जना विद्यार्थी अध्ययनरत छन्।
'नेपाली सेनालाई आवश्यक पर्ने स्वास्थ्यकर्मी उत्पादनका साथै राष्ट्रिय रूपमै दक्ष, अनुशासित र असल स्वास्थ्यकर्मी उत्पादन गर्न महाविद्यालय स्थापना भएको हो। स्थापनाको छोटो समयमै उत्कृष्ट संस्थाको रूपमा सम्मानित भएकोमा नेपाली सेनाले गर्व गरेको निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ।