काठमाडौं- विदेशी नागरिकता लिएका कर्मचारीलाई सरकारी जागिर दिन नमिल्ने जिकिर गर्दै अधिवक्ता कपितलदेव ढकाल, अनिलकुमार श्रेष्ठ र प्रेमप्रकाश धितालले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।सरकारी सेवामा रहेको व्यक्तिले विदेशी नागरिकता लिँदा नेपालको सार्वभौमसत्तामा असर पर्ने भएकाले उनीहरूलाई तत्काल रोजगारीबाट हटाउन अन्तरिम आदेश जारी हुनुपर्ने माग गर्दै उनीहरूले सर्वोच्चमा रिट हालेका हुन्। निवेदनमा विदेशी नागरिकता वा पिआर (स्थायी बसोबास अनुमतिपत्र) लिने कार्यलाई निरुत्साहित गर्ने कानुन बनाउन र विदेशी पिआर लिएकालाई बढुवामा सिफारिस गर्ने लोकसेवाको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग निवेदनमा गरिएको छ।
निवेदकहरूले माघ २७ गते दर्ता गर्न ल्याएको उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। रजिस्ट्रार लोहितचन्द्र साहले अपूर्ण रहेको भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए। रजिस्ट्रारको उक्त निर्णयविरुद्ध निवेदकहरूले फागुन १ गते इजलाशमा निवेदन दिएका थिए। न्यायाधीश भरतबहादुर कार्कीको इजलाशले दरपिठ बदर गर्ने आदेश दिएपछि बुधबार पुनः दर्ता गरिएको हो।
निवेदनमा भविष्यमा दुई देशका नागरिकता भएका व्यक्तिलाई बढुवा नगर्न/नगराउन लोकसेवा आयोगको नाममा परमादेश जारी हुनुपर्ने पनि माग गरिएको छ। विदेशी नागरिकता लिएको व्यक्तिबाट राज्यको गोपनीयता, संवेदनशील सुरक्षा, प्रविधि सूचना र वैदेशिक सम्बन्ध जस्ता विषयमा असर पर्ने भएकाले तत्काल अन्तरिम आदेश जारी गरी उनीहरूलाई सेवाबाट हटाउनुपर्ने माग निवेदनमा गरिएको छ।
निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, परराष्ट्र, सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई विपक्षी बनाइएको छ। उक्त निवेदनको पेसी बिहीबार तोकिएको छ।