काठमाडौं- ट्रान्सफर्मर खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल विद्युत प्राधिकरणका सात कर्मचारी धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलाशले उनीहरूसँग धरौटी रकम माग्ने आदेश दिएको थियो। विशेषका सहप्रवक्ता केशव घिमिरेले माग गरेबमोजिम धरौटी बुझाएर विद्युतका सात कर्मचरी साधारण तारेखमा छुटेको जानकारी दिए।
विशेषले ट्रान्सफर्मर खरिद काण्डमा संलग्न रहेको भन्दै अष्टरत्न शाक्य र त्रिपुरारिप्रसाद सिंहसँग १३–१३ लाख, अन्य कर्मचारी कैलाशप्रसाद अटलसँग १ लाख, नारायणप्रसाद चौधरीसँग ७५ हजार, सुरेशकुमार कटुवाल तथा सुरेन्द्रप्रसाद पनेरूसँग ७५–७५ हजार र डिल्लीरमण दाहालसँग ५० हजार धरौटी मागेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर घोटाला काण्डमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झा, महाप्रबन्धक रामेश्वर यादव, चिनियाँ ठेकेदारलगायत १८ जनाविरुद्ध फागुन ९ गते विशेषमा तेस्रो मुद्दा दायर गरेको थियो।
अदालतमा दायर गरिएको आरोपपत्रमा चीनको सिचुआन दोङफाङ ट्रान्सर्फमर कम्पनी लिमिटेडबाट विभिन्न क्षमताका ५ सय ७५ थान ट्रान्सर्फमर खरिद गर्दाका प्रक्रियादेखि भण्डारणसम्म भिन्दाभिन्दै व्यक्तिको सामूहिक संलग्नता रहेको उल्लेख थियो।
आयोगले आरोपपत्रमा प्राधिकरणका कर्मचारीसँग भ्रष्टाचार निवारण ऐन २०५८ बमोजिम कैद तथा ७ करोड ९१ लाख २८ हजार ५ सय ३८ रुपैयाँ जरिवाना र सोही बराबर बिगो असुल हुनुपर्ने जिकिर गरेको थियो।
कमसल ट्रान्सफरर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, सहनिर्देशक सुरेशकुमार कटुवाल, सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, कामु निर्देशक अष्टरत्न शाक्य, केन्द्रका प्रमुख त्रिपुरारिप्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, केन्द्रीय भण्डार एवं इन्जिनियर नारायणप्रसाद चौधरी, भण्डार सहायक सरोज क्षेष्ठलगायतविरुद्ध मुद्दा दायर गरेको थियो।
आयोगले चिनियाँ ठेकेदार सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनीका अध्यक्ष यो याङ सी, महाप्रबन्धक होङ ओयाङ, नेपाली ठेकेदार इन्टरकन्टिनेन्टल बिजिनेस नेटर्वकका मणिनाथ ढकालविरुद्ध पनि कमसल ट्रान्सफर्मर निर्यात गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारको आरोपपत्रमा दोङफाङ ट्रान्सफर्मर कम्पनीका अध्यक्ष सी, महाप्रबन्धक होङ, नेपाली ठेकेदार इन्टरकन्टिनेन्टल बिजिनेस नेटर्वकका ढकालसँग १८ करोड २४ लाख ५ हजार ८ सय ६५ रुपैयाँ बिगो माग गरिएको छ।