काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त एआइजी पदको बढुवामा मापदण्ड र आधार परिर्वतन गर्ने तयारी गरेको छ। मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै गृहमन्त्री वामदेव गौतमले रिक्त सात एआइजी पदमा बढुवा प्रक्रिया सुरु गर्न गृहसचिव जनार्दन नेपाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग छलफल गरेका छन्।
सेवा अवधिका आधारमा तत्कालीन प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित ७ एआइजीले कात्तिक अन्तिमबाट अवकाश पाएपछि प्रहरी महानिरीक्षकमा अर्याल नियुक्त भएका थिए। एआइजीमा भने बढुवा हुन सकेको छैन।
गृहमन्त्री गौतमले बिहीबार एक सार्वजनिक कार्यक्रममा यसबारे गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल भएको र केही कानुनी प्रक्रिया पूरा गर्ने गृहकार्य सुरु भइसकेको बताएका थिए। उनी मन्त्रिपरिषदमा पुगेको प्रहरीको नयाँ नियमावली पास गराएर त्यसैअनुसार बढुवा प्रक्रिया अघि बढाउने पक्षमा छैनन्। उनी प्रहरीको पुरानै नियमावलीमा टेकेर बढुवा गर्ने पक्षमा रहेको स्रोत बताउँछ। केही मापदण्ड तोक्न सकिन्छ कि भनेर पूर्व गृहसचिव तथा गृहबारे जानकारहरूसँग परामर्श गरिरहेका छन्।
नयाँ नियमावली कार्यान्वयनमा आए गृहसचिवको अध्यक्षतामा रहने समितिको सिफारिसमा एआइजी नियुक्ति हुने प्रावधान छ। यसमा सदस्य–सचिव आइजिपी हुन्छन्। पुरानो नियमावलीले उक्त अधिकार सरकारको तजबिजमा छाडेकाले बढुवाका लागि पुरानै नियमावली टेक्न सहज हुन्छ। स्रोतअनुसार बढुवा सकाएर मात्रै नयाँ नियमावली ल्याउने पक्षमा गौतम छन्।
प्रहरी बढुवाका लागि बनाइएको लोकसेवा आयोगको सामान्य सिद्धान्त एक सातापछि लागू हुन्छ। बढुवामा उक्त सिद्धान्त सक्रिय भए नयाँ नियमावली पारित गराएर बढुवा गर्नुको विकल्प छैन। लोकसेवाले बढुवाका लागि तोकेको समयावधि बढाएर पुरानै नियमावली सक्रिय गराइराख्ने गृहको तयारी छ।
गृहसचिव नेपालले एआइजी बढुवाबारे सामान्य छलफल भएको जानकारी दिए। 'प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सामान्य छलफल भएको हो, तर अझै टुंगिएको छैन,' उनले भने।