व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट
१५ असार २०७८
•
२ मिनेट पाठ
व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ। ३८ वर्षीय कञ्चन मण्डलमाथि सोमबार दिउँसो कुटपिट भएको हो।  




विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्य र शिक्षक प्रतिनिधि छनोट भएपनि अध्यक्षको टुंगो नलगोकोमा त्यही विषयका लागि सोमबार बिहान ८ बजे बैठक डाकिएको थियो। बैठकको पहिलो प्रस्तावमै अध्यक्ष छनोट गर्ने राखिएको र निर्णयमा अर्को बैठकमा अध्यक्ष चयन गर्ने निर्णय पनि गरिएको थियो।  

बैठक सकिने बेलामा गाउँका केही अभिभावक आएर तत्काल चयन गर्न दबाब दिए। त्यही विषयमा समितिका सदस्यहरु अभिभावकबाट सकारात्मक सल्लाह आएकाले गर्दा गरेरै टुग्याउँनुपर्छ भन्नेमा पुगे। तर, प्रधानाध्यापक मण्डलले निर्णय भइ सकेकाले गर्दा अर्को बैठकबाटै गर्नुपर्ने अडान राखे।  

त्यसपछि पक्ष विपक्ष भएर तर्कवितर्क हुन पुग्यो। त्यही बेला वडा नं. १ का वडाध्यक्ष श्याम गुरुङ आफ्नो गाउँपालिकामा बैठक भएकाले केही नहोस् भनेर हिँडे। त्यसपछि त्यहाँ केही अभिभावक र बाहिरका व्यक्तिले प्रधानाध्यापक मण्डललाई घाँटी समात्दै विद्यालयभित्र लगेर कुटपिट र दुर्व्यवहार गरेका गरेका थिए।  

‘वडाध्यक्ष आफै अध्यक्ष हुने चाहना राखेपछि समितिमा छनोट भएका मदन गुरुङ र शंकर गुरुङलगायतका व्यक्तिले घाँटी समातेर लछारपछार गर्दै कुटपिट गरे,’ प्रधानाध्यापक मण्डलले भने, ‘विद्यालयको सटर थुनेर लछारपछार गर्दै कुटपिट गरे अनि अन्तिममा आइन्दा विद्यालयमा अनुहार देखाउन आइस भने ठीक हुँदैन भनेर धम्की दिए।’ उनले भने, ‘निकै बेर लछारपछार गरेर फुत्किन सफल भएपछि प्रहरी चौकी र गाउँपालिकामा गएर घटनाबारे जानकारी गराएँ।’ इलाका प्रहरी कार्यालय दुहवीले घटना भएपनि कुनै उजुरी भने आएको जनाएको छ।  

वडा नं. १ का वडाध्यक्ष गुरुङले आफू गाउँपालिकाको बैठकमा पुग्नका लागि हिँड्ने बेलामा सबैलाई सम्झाएर हिँडेको बताए। ‘गाउँपालिकामा बैठक बसीरहेका बेला ४ बजेतिर पुगेर त प्रधानाध्यापक मण्डलले मैमाथि आरोप लगाउँदा अचम्भित भए,’ गुरुङले भने, ‘मेरो वडामा कुनै घटना भए त्यसलाई रोक्ने र समाधान गर्ने मेरो दायित्व हो। म नभएको बेला घटना भएछ अनि मलाई सुनियोजित आरोप लगाइएको छ।’  

उनले घटनापछि आफूले वास्तविकता बुझ्दा प्रधानाध्यापक मण्डललाई अभिभावकले ‘लु तपाईं नै अध्यक्ष बन्नु’ भनेर अबीर लगाएर दुर्व्यवहार गरि एक/दुई थप्पड पनि हानेको बताए। ‘म वडाध्यक्षको हिसावले प्रधानाध्यापकले नाम किटान गरेर दिए उनीहरुले कारबाही भोग्नुपर्छ,’ उनले भने, ‘यसभन्दा अघि पनि म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा कामको चटारोले सक्दिन भनेर पन्छिएको मान्छे फेरि कसरी मै हुन्छु?’

विद्यालयमा अभिभावकबाट प्रतिनिधि र शिक्षकबाट प्रतिनिधि छनोट भई सक्दा पनि अध्यक्ष चयन नभएपछि गाउँपालिकाले विद्यालयको नाममा असार १३ गते पत्र काटेको थियो। लगत्तै बैठक बसेको थियो।  

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले विद्यालयमा प्रधानाध्यापकमाथि घटना भएको जनाउँदै अब वास्तविकता बुझेर समस्या समाधान गरिने बताए।
अर्को समाचार
वधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल
२४ असार २०७७
•
२ मिनेट पाठ
वधायन व्यवस्थापन समितिमा आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल
आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् । पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि प्रयाप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । 




आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले नेपालमा अहिले सम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझैपनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताए । उनले देशभित्र प्रयाप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताए । उनले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताए । कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौति रहेको बताए ।

आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिला आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधी उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवस्यकता पर्ने बताए । विश्व विद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरीकन खोल्न नहुने बताए । उनले अहिले सम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताए ।

नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने बताए । उनले आयुर्वेद चिकित्सा शिक्षा प्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताए ।

छलफलमा सांसदहरुले प्राचीन दर्शनमा आधारीत आयुर्वेद क्षेत्रको विकास र विस्तरका लागि विश्वविद्यालय आवस्यक रहेको बताएका छन् । सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यबहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो । विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवस्यक रहेको भनेको छ । 

विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकता अनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिबुटि, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कुल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लागयत पनि सञ्चालन गर्न पाउने छ ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस