इमर्जेन्सीमै डाक्टर छैन
१८ फागुन २०७०
•
१० मिनेट पाठ
इमर्जेन्सीमै डाक्टर छैन
काठमाडौं- वीर अस्पतालको आकस्मिक कक्षमा शनिबार राति आलसतालस अवस्थामा ल्याइएका दुई बिरामीले उपचारै पाएनन्। विष सेवन गरेका दुईमध्ये एकलाई त अस्पतालले आकस्मिक कक्षको ढोकाबाटै फिर्ता पठाइदियो। गम्भीर प्रकृतिका अन्य दर्जनौं बिरामीसमेत वीरले भर्ना लिन नमानेपछि रातारात रुवाबासी गर्दै अन्य अस्पताल धाउनुपर्योा।
कारण– डाक्टर अभाव।

मुलुककै ठूलो सरकारी अस्पताल वीरको आकस्मिक कक्षमा शनिबार राति एकजना पनि डाक्टर थिएन। रातको आपतकालीन समयधरि दुई स्वास्थ्यकर्मी र एक इन्टर्न नर्सको भरमा चल्यो। शनिबार राति १२ देखि आइतबार दिउँसो १२ बजेसम्म जम्मा ८३ बिरामी आकस्मिक कक्षमा भर्ना भएको रेकर्ड छ। अरू बेला यही अवधिमा औसत डेढ सयसम्म भर्ना हुने गरेका छन्।
डाक्टर नहुँदा वीरको भरोसामा हाँपदाँप गर्दै आइपुगेका गम्भीर बिरामीलाई समेत रातारात अन्य अस्पताल 'रेफर' गरेर पठाउनुपरेको ड्युटीमा रहेका स्वास्थ्यकर्मी बताउँछन्। ती स्वास्थ्यकर्मीले गम्भीर अवस्थाका बिरामीको उपचार गर्दा 'आपत' आइलाग्ला भन्ने डरले सामान्य चोटपटक मात्र हेरेका थिए। उनीहरूले कसैलाई 'डाक्टर छैन' त कसैलाई 'आइसियू छैन' भन्दै गेटबाटै फर्काइदिएका थिए।
'सकेसम्म बिरामीलाई सेवा दियौं, केहीलाई रेफर गरेर पठायौं,' अस्पतालका एक स्वास्थ्यकर्मीले आइतबार नागरिकसँग भने, 'दुईवटा पोइजन (विष सेवन) केश आएको थियो, एउटालाई गेटैबाट फर्काइयो, अर्कोलाई आइसियु छैन भनेर फर्काउनुपर्योि।' 
आकस्मिक कक्षमा रात्रिकालीन ड्युटी राति ९ देखि बिहान ९ बजेसम्मको हुन्छ। एक सिफ्टमा कम्तीमा चारजना डाक्टर हुनुपर्ने नियम छ। आकस्मिक विभाग प्रमुख डा. न्हुच्छेमान डंगोलका अनुसार शनिबार राति मेडिकल अधिकृत डा. दीपिका खड्का र स्वयंसेवक डा. सन्दीपकुमार कर्णको पालो थियो। कर्ण बिरामी परेको भन्दै आएनन्। डा. खड्का भने अस्पताल आएर पनि 'एक्लै ड्युटी गर्न सक्दिनँ' भन्दै फर्किएकी थिइन्। उनी अस्पतालको एम्बुलेन्समा आएर त्यसैमा फर्किएको एक स्वास्थ्यकर्मीले जानकारी दिए।
आकस्मिक कक्ष डाक्टरविहीन भएपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले राति नै अस्पतालका निर्देशक डा. बुलन्द थापा र विभागीय प्रमुख डंगोललाई फोन गरेर जानकारी गराएका थिए। दुवैले 'राति केही गर्न नसक्ने' जवाफ दिएको उनीहरूको भनाइ छ।
डा. डंगोलले 'राति समस्या परेको खबर पाएर पनि कुनै व्यवस्थापन गर्न नसकेको' स्वीकार गरे। 'आकस्मिक कक्षमा मात्रै केही महिनाअघिसम्म १४ चिकित्सक थिए, अहिले ६ जना मात्रै छन्,' डंगोलले भने, 'पाँच कन्सल्ट्यान्ट (वरिष्ठ विशेषज्ञ) मा अहिले तीनजना मात्रै बाँकी छौं, कसरी सेवा दिनु?'
डाक्टर अभाव भएको सूचित गर्दै अस्पताल प्रशासनलाई महिनौंदेखि पत्राचार गर्दा पनि सुनुवाइ नभएको उनले बताए।
उनका अनुसार वीरको आकस्मिक कक्षमा १६ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि ६ जना मात्र करारमा छन्। आकस्मिकमै ६ दरबन्दी रिक्त छ। अन्य पदमा विविध कारणले बढुवा नभएका कन्सल्ट्यान्ट कार्यरत छन्। उनीहरू रात्रिकालीन ड्युटीमा बस्दैनन्। केही महिना अघिसम्म ६ कन्सल्ट्यान्ट कार्यरत रहेकामा डा. भरत थापाको केही महिनाअघि हृदयाघातबाट मृत्यु भएको थियो भने अर्का कन्सल्ट्यान्ट डा. डिपी सिंहले गत महिनामात्रै अवकाश पाएका थिए। डा. सिंह आकस्मिक विभागकै पूर्व प्रमुख हुन्।
वीरको आकस्मिक विभागमा अब्जर्भेसन वार्डका २२ सहित ४५ शैऒ्ढया छन्। शैऒ्ढया संख्यालाई आधार मान्दा २४ घन्टाको चार सिफ्टका लागि कम्तीमा २० डाक्टर आवश्यक पर्छ। 'जम्मा ९ चिकित्सक छौं, स्वयंसेवक एकदुईजना छन्,' डा.डंगोलले भने। 
त्यसमाथि समस्या डाक्टरको मात्र छैन, स्वास्थ्यकर्मीमा पनि उत्तिकै छ। पूर्व विभागीय प्रमुख डा. सिंहका अनुसार आकस्मिक विभागमा कम्तीमा २२ स्वास्थ्यकर्मी आवश्यक पर्नेमा ८ जना मात्रै छन्। तीमध्ये धेरै राजनीतिक कार्यकर्ता भएकाले काम लगाउन गाह्रो हुने उनले बताए। केही दिनअघि रातको ड्युटी परेका तीन स्वास्थ्यकर्मीमध्ये दुईजना खबरै नगरी आएनन्। एक्सरे विभागमा ड्युटी परेका स्वास्थ्यकर्मी नआएका घटना थुप्रै छन्।
'आकस्मिक कक्षमा जस्तो अनुशासनहीनता कहीँ छैन,' डा. सिंहले भने, 'दलका आसेपासे छन्, कसैले भनेको टेर्दैनन्, प्रशासनले कारबाही पनि गर्न सक्दैन।'
यसअघि जेठमा पनि एक रात पूरै डाक्टरविहीन अवस्था आएको थियो। त्यतिखेर राति नै एक वरिष्ठ चिकित्सक पठाएर सेवा धानिएको थियो। तत्कालीन विभागीय प्रमुख डा. सिंहले 'चिकित्सक व्यवस्था नभएको' भन्दै राजीनामा दिएका थिए। त्यसलगतै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अन्य विभागमा कार्यरत चिकित्सक खटाएर आकस्मिक सेवा व्यवस्थापन गरेको थियो। लगत्तै न्याम्स सेवा आयोगले रिक्त ७ दरबन्दीमा नियुक्ति गरेको थियो। त्यसमध्ये तीनजनाले जागिर छाडेपछि फेरि डाक्टरविहीन अवस्था आएको हो।
अस्पतालका निर्देशक डा. थापा भने लामो समयदेखि रिक्त दरबन्दीको कारण देखाएर आकस्मिक कक्ष डाक्टरविहीन हुने अवस्था आउनुलाई 'विभागीय प्रमुखकै लापरवाही' मान्छन्।
'वीरमा डाक्टरहरूको कमी छ, तर त्यसो भन्दैमा आकस्मिक कक्ष नै डाक्टरविहीन हुने अवस्था आउनुमा विभागीय प्रमुखकै लापरवाही देखिन्छ,' उनले आइतबार नागरिकसँग भने, 'भएकालाई डबल ड्युटी गराएर वा कन्सल्ट्यान्टहरू आफैं बसेर भए पनि व्यवस्थापन गर्नुपर्थ्यो।'
अस्पतालभरमा १८ मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेकाले नियुक्तिका लागि स्वास्थ्य मन्त्रालय र न्याम्स उपकुलपतिलाई बारम्बार लेखेर पठाएको उनले जानकारी दिए। 'करार वा ज्यालादारीमा उपकुलपतिले तत्काल नियुक्ति गर्नसक्छन्,' डा. थापाले भने, 'अधिकार भएर पनि गर्न नसक्ने भए हामीलाई दिए हामी गर्छौं।' 
उपकुलपतिले सुनवाइ नगरेपछि गत माघ २२ मा स्वास्थ्य मन्त्रालयलाई समेत चिकित्सक व्यवस्था गर्न पत्र पठाएको उनले बताए। 'डाक्टर छैन भनेर भन्दा न मन्त्रालयले सुन्छ, न न्याम्सले सुन्छ, म के गरुँ?' उनले भने, 'अधिकार लिएर बस्ने, तर त्यो अधिकार प्रयोग गर्न नसक्ने, यस्तो पाराले कसरी चल्छ?'
स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले आकस्मिक कक्ष नै डाक्टरविहीन हुने अवस्था आउनु 'लज्जाको विषय' भएको बताए। 'बहानाबाजी गरेर कोही उम्किन सक्दैन,' उनले भने, 'स्वायत्त छौं भनेर अधिकार लिएर बस्ने, अनि नियुक्ति गर्न नसकेर बिरामीलाई सेवाबाट वञ्चित गर्ने?' 
'सबै व्यवस्थापन मन्त्रालयले नै गर्ने भए उहाँहरू किन चाहियो, न्याम्स किन चाहियो?' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस