काठमाडौं- नेपाल पत्रकार महासंघ, रिपब्लिका शाखाले नयाँ कार्यसमिति चयन गरेको छ। शाखाले कोषराज कोइराला नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो। शाखाको उपाध्यक्षमा रुबी रौनियार, सचिवमा अशोक दाहाल, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा निर्जना शर्मा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा मदन चौधरी, वसन्त वस्नेत, सजना बराल र सन्तोष पोखरेल निर्वचित भएका छन्।
शाखाबाट पार्षदमा भने प्रतीक प्रधान, सोमेश वर्मा, सुबोध गौतम, सुशील भट्टराई, सुरेन्द्र पौडेल, प्रकाश तिमल्सिना, तिलक पाठक, मणि दाहाल र पवित्रा सुनार निर्वाचत भएका छन्।