विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि
१६ असार २०७८
•
१ मिनेट पाठ
विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि
विद्युत् विस्तारको माग गदीको मेलौली नगरपालिकाका जनप्रतिनिधि आमरण अनशनमा बसेका छन्। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै सल्लाहले अनशनमा बसेको उनी बताउँछन्।




विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरूले अकालमा ज्यान गुमाउनु परेको भन्दै माग पूरा नभएसम्म अनशनमा बस्ने उनले बताए। मेलौली नगरपालिका भवनकै आँगनमा आफूहरूले सोमबार बिहानदेखि अनशन सुरु गरेको वडा सदस्य भट्टले बताए। वडा सदस्य भट्टसहित स्थानीय बमबहादुर चन्द अनसनमा बसेका छन्।

मेलौली नगरपालिकाको वडा नं. ८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ। ‘जसरी भए पनि यो आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशनमा बस्छौं।’ वडा सदस्य भट्टले भने, ‘नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएको छ। त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढोस भन्ने हाम्रो माग हो।’

नगरपालिकाले विद्युत् विस्तारको लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। सवस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाइसकेकाले यो काम जतिसक्दो चाँडो होस भनेर पालिकाका तर्फबाट समेत समन्वय गरिरहेको उनले जानकारी दिए।
अर्को समाचार
शिक्षकहरु अनशनमा
१६ साउन २०७८
•
१ मिनेट पाठ
शिक्षकहरु अनशनमा
बजेटले विभेदकारी रुपमा व्यवस्था गरेको निजामती विद्यालय खारेजीको माग गर्दै शुक्रबार माइतीघर मण्डलामा शिक्षकहरू रिले अनशन बसेका छन्।  




अघिलो सरकारले बजेटमा निजामती कर्मचारीका बालबालिकाका लागि छुट्टै विद्यालय व्यवस्था गरेर सरकारी शिक्षा ओझेलमा पार्न खोजेकाले शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले खारेजीको माग गरेको महासंघका वरिष्ठ उपाध्यक्ष युपी भुसालले बताए।

शुक्रबार महासंघ अध्यक्षसहित सदस्य शिक्षकहरू ३४ बुँदे मागसहित माइतिघर मण्डलामा कालो ब्यानरसहित  बिहान आठ बजेदेखि दिउँसो तीन बजेसम्म रिले अनशनमा बसेका थिए। ‘वैशाखदेखि हाम्रो ३४ बुँदे मागसहित आन्दोलन जारी थियो। त्यहीबिच जेठमा सरकारी विद्यालयलाई नै सिध्याउने  गरी निजामती विद्यालयको व्यवस्थासहित बजेट आयो,’ भुसालले भने, ‘बजेटको यो व्यवस्था खारेजीको हामीले जोडदार माग सरकारसँग गरेका छौं।’ उनले थपे, ‘विशेष क्षेत्रका लागि विशेष विद्यालय बनाउँदै जाने हो भने सरकारी विद्यालयहरू बन्द गर्ने अवस्था आउँछ।’

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्यमा अगामी आवभित्र निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशमा निजामती विद्यालय स्थापना गरिने व्यवस्था गरेको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा प्रदेशसँगको साझेदारीमा स्कुलको स्तरोन्नति गरिने उल्लेख छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस