काठमाडौं- सरकारले अनधिकृत ढुंगागिट्टी उत्खनन, भू–अतिक्रमण एवं वन विनाश रोक्दै चुरे क्षेत्र बचाउन तत्काल अग्रसरता लिने जनप्रतिनिधि थलो व्यवस्थापिका संसदमा प्रतिबद्धता जनाएको छ। चुरे विनाशलीलाबारे सभासदका जिज्ञासामा बिहीबार संसदमा जवाफ दिँदै वनमन्त्री महेश आचार्यले सरकारका तर्फबाट पूर्वनिर्णय कार्यान्वयनमा कडाइलगायतका बाचा गरेका हुन्।
चुरे क्षेत्रमा भइरहेको चरम दोहनबारे सञ्चारमाध्यम र सभासदले समेत संसदमा प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै मन्त्री आचार्यले सरकारले मंगलबार गरेका निर्णय संसदलाई जानकारी गराएका हुन्।
मन्त्री आचार्यको नेतृत्वमा मंगलबार वन मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गत असारकै निर्णय कार्यान्वयनमा प्रतिबद्धता दोहोर्याृएको थियो।
चुरे–भावर क्षेत्रमा ढुंगागिट्टी उत्खनन, क्रसर उद्योग व्यवस्थापन, चुरे, राष्ट्रिय र सामुदायिक वन संरक्षणका लागि यसअघिको व्यवस्थापिका संसदले तीन/चार वर्षअघि दिएका निर्देशनसमेत पालना भएको छैन। तत्कालीन मन्त्रिपरिषदले ०७० असार २७ मा गरेका यससम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन भएको छैन।
मन्त्री आचार्यले पहिलेकै अधिकांश निर्णयलाई निरन्तरता दिएका हुन्। अघिल्ला निर्णय किन कार्यान्वयन भएनन्? त्यसमा को–को दोषी छन् भन्नेमा सरकार मौन छ।
दर्ता नगरी देशभर सञ्चालन भइरहेका क्रसर उद्योगलाई के गर्ने? चुरे र चुरेको फेदमा रहेका उद्योग अब के हुने भन्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन।
अहिले तराईका अधिकांश जिल्लामा रहेका आधाजसो उद्योग दर्ता नै भएका छैनन्। तीमध्ये अधिकांश चुरे र चुरेको फेद, राष्ट्रिय र सामुदायिक वन, पुलपुलेसास“गै र नदीखोलाको बगरमा सञ्चालित छन्। दर्ता नभएका उद्योग सञ्चालनमा रहेको भने मन्त्रीस्तरीय निर्णयमा स्वीकार गरिएको छ। यस्ता उद्योग तत्काल बन्द गर्ने निर्णय गत असारमै भए पनि निर्धक्क चलिरहेका छन्।
मन्त्री आचार्यले चुरे क्षेत्र आसपासको एक किमिभित्र रोडा, ढुंगा, बालुवा उत्खनन कार्य तत्काल रोक्ने निर्णय भएको जानकारी संसदलाई गराए। 'अविलम्ब चुरे आसपासको एक किमिभित्रको क्षेत्रमा रोडा, ढुंगा, बालुवा उत्खनन कार्य रोक्ने निर्णय भएको छ,' मन्त्री आचार्यले संसदमा भने, 'जिल्ला अनुगमन समितिले अनुगमन गरे पनि उत्खनन कार्य रोकिनेछ।' उनका अनुसार २०७१ असारसम्म नयाँ क्रसर उद्योग दर्ता नगराउने निर्णय भएको छ।
वन मन्त्रालयमा सरोकारवाला मन्त्रालय र निकायसँग भएको छलफलपछि सरकार सो निर्णयमा पुगेको हो। 'यसैगरी, निकुञ्ज र आरक्षभित्रबाटै विदेशमा निर्यात गरिँदै आएको रोडा, ढुंगा र बालुवामा पनि रोक लगाइएको छ,' मन्त्री आचार्यले भने।
उनका अनुसार निकुञ्ज र आरक्षभित्रबाट रेल्वे सेवा सञ्चालन गर्ने योजना पनि तत्काल स्थगित गरी त्यसबाहिरबाट वैकल्पिक मार्ग बनाउने तयारीमा सरकार पुगेको छ।
चुरे क्षेत्रमा मानव अतिक्रमण बढिरहेको र त्यसले चुरे क्षेत्र विनाशमा मुख्य भूमिका खेलेको भन्दै स्थान्तरणका लागि सरकारले पहलकदमी गर्न लागेको उनको भनाइ छ। 'चुरे क्षेत्रमा व्यापक रुपमा भइराखेको मानवीय अतिक्रमण र गैरकानुनी बसोबासले समेत समस्या जटिल बनाएको सन्दर्भमा यसरी अनधिकृत रुपमा बसोबास गर्नेलाई स्थानान्तरण प्रक्रिया आरम्भ गरी स्थानीयको जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्ने' निर्णय भइसकेको उनले जानकारी दिए।
मन्त्री आचार्यले जैविक विविधता संरक्षण, जैविक मार्ग व्यवस्थापन तथा जलाधारको संरक्षणबाट तल्लोतटीय क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गर्न चुरेका अति संवेदनशील क्षेत्रको पहिचान गरिने बताएका छन्। तिनलाई संरक्षित र संरक्षित वन क्षेत्रका रुपमा विकास गर्ने कार्य वन मन्त्रालयले सुरु गर्ने निर्णय भएको जानकारी पनि दिएका छन्।
यसअघिको संसदको प्राकृतिक स्रोतसाधन समितिले २०६६ मा चुरे–भावरलगायत ढुंगागिट्टी, बालुवा उत्खनन र निकासी अध्ययन प्रतिवेदन तथा २०६७ मा वन संरक्षणका समस्याबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। त्यसै आधारमा सरोकारवाला मन्त्रालयलाई तीन महिना, छ महिना र एक वर्षभित्र गर्नुपर्ने सुझाव तथा निर्देशन दिइएकोमा कुनै सुझाव तथा निर्देशन कार्यान्वयन भएनन्।
समितिले आफ्नो पछिल्लो प्रतिवेदनमा प्रगति विवरण पेस गर्न सरोकारावाला मन्त्रालयलाई निर्देशन दिएको छ। चुरे अतिक्रमणका हकमा २०६७ मा यसलाई संरक्षित वन क्षेत्रका रूपमा विकास गर्ने, जंगल फँडानी गरी अनधिकृत बसोबास गरिरहेकालाई तत्काल स्थानान्तरण गर्ने, दर्तावाला बसोबासीले पनि स्वैच्छिक स्थानान्तरण आवश्यकता महसुस गरे त्यसको व्यवस्था गर्दै जाने प्रतिवेदनमा छ। चुरे संरक्षणलाई उच्च प्राथमिकता दिई यस क्षेत्रको एकीकृत विकासका लागि आन्तरिक एवं बाह्य स्रोतबाट बजेट व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
समितिको यस्तो निर्देशनविपरीत व्यवहारमा क्रसर उद्योगले दिनप्रतिदिन चुरे खोस्रँदै नांगो पारिसकेका छन्। तराई क्षेत्रमा यसले मरुभूमीकरण खतरा बढाएको छ।