उद्धार गरिएका बाइस बालबालिकामा स्वास्थ्य समस्या
२२ फागुन २०७०
•
५ मिनेट पाठ
उद्धार गरिएका बाइस बालबालिकामा स्वास्थ्य समस्या
काठमाडौं– दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरबाट उद्धार गरिएका ३७ बालबालिकामध्ये २२ जनामा स्वास्थ्य समस्या देखिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै बालबालिकामा स्वास्थ्य समस्या देखिएको जानकारी दिएको हो। समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिकाको शरीरमा चोटपटक र लुतोका घाउ छन्, आँखा र मांसपेसीमा समस्या देखिएको छ। 'केही बालबालिकामा नाक, कान र घा“टीको समस्या रहेको पाइएको छ,' उनले भने।
धितालले बिरामी बालबालिकाको उपचार भइरहेको जानकारी दिए। 'केही बालबालिकामा मनोवैज्ञानिक असर पनि देखिएको छ। हामी उनीहरुलाई त्यहीअनुरुप परामर्श दिइरहेका छौं,' उनले भने। 
समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठीका नाममा रहेको 'आमाघर'मा उचित व्यवस्थापन नभएका कारण बालबालिकालाई उद्धार गर्नुपरेको जानकारी दिएको थियो। 
सञ्चारमाध्यममा आएका विभिन्न समाचारको खण्डन गर्दै बिहीबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा धितालले 'वृद्धाश्रमका रुपमा सञ्चालित ठाउँ बालबालिकाका निम्ति उपयुक्त नदेखिएको, कति बालबालिका कसरी आइपुगे भन्ने अभिलेख र व्यक्तिगत विवरणसमेत नभएको, प्रक्रिया नपुर्यायई त्यहाँबाट बालबालिकालाई अन्यत्र पठाइएको' लगायत कारणले तत्काल बालबालिकाको संरक्षणका लागि उद्धार गरिएको स्पस्ट पारे। 
उद्धार गरिएका बालबालिकालाई गोदावरीस्थित 'सानो पाइला' नामक संस्थामा सुरक्षित रुपमा राखिएको उनले बताए। उनले ती बालबालिकाको विवरण लिने काम भइरहेको जानकारी दिए। सञ्चारमाध्यममा विभिन्नखालका समाचार आइरहेको जनाउँदै धितालले भने, 'चार महिनाको अवधिमा बालगृहबाट उद्धार गरिएको यो तेस्रो घटना भएकाले अन्य कुनै पनि इन्ट्रेस्ट नजोड्न अनुरोध छ।'
समितिका अध्यक्ष डिल्लीराम गिरीले बालगृह अनुगमन तीव्र भएको भन्दै कानुनको दायरामा नआउने कसैलाई पनि नछाडिने बताए। 
‘आमाघर' को दर्ता प्रसंग कोट्याउँदै समाज कल्याण परिषदका सदस्य सचिव रवीन्द्रकुमार यादवले बालगृहलगायत कुनै पनि परोपकारी संस्था परिषदमा दर्ता हुन अनिवार्य नभएको तर चन्दा लिएर कुनै काम गरिन्छ भने परिषदमा दर्ता हुनुपर्ने बताए। 
आमाघरकी सञ्चालिकामाथि परेका अन्य उजुरीमा पनि सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए। आमाघरबाट उद्धार गरिएका बालबालिकाको सम्पूर्ण विवरण आएपछि परिवारमा पुनर्स्थापना गर्ने वा अन्य विकल्प अपनाउने भन्नेबारे निर्णय गर्ने उनले बताए। पत्रकार सम्मेलनमा उनले बालगृहमात्र नभएर बालअधिकारको संरक्षणका लागि विद्यालय, धार्मिक शिक्षालय, मदरसा, गुम्बा, चर्च, गुरुकुल, छात्रावासलगायत संघसंस्थामा पनि अनुगमन गर्ने तयारी रहेको जनाए। 
गत मंगलबार जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोलीले त्यहाँ रहेका ३४ बालबालिकालाई उद्धार गरेको थियो। बाहिर गएका अरु तीनजनासहित अहिलेसम्म ३७ बालबालिकालाई उद्धार गरिसकिएको र अझै १९ बालकालिकालाई उद्धार गर्न बाँकी रहेको समितिले जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस