हत्या गरी फरार भएका अभियुक्त ३ वर्षपछि पक्राउ
१८ असार २०७८
•
१ मिनेट पाठ
हत्या गरी फरार भएका अभियुक्त ३ वर्षपछि पक्राउ
हत्या गरी फरार रहेका अभियुक्त ३ वर्षपछि पक्राउ परेका छन्। कृष्णनगर नगरपालिका १० बिद्यानगरका ५५ वर्षीय पारश पुरीलाई गोली हानेर हत्या गरी फरार भएका पशुपति कुर्मी पक्राउ परेका हुन्। २०७५ चैत १७ गते घटना लगत्तै फरार रहँदै आएका कुर्मी महाराजगंजको हदौनामा पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले घटनाबारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन्।  




पक्राउ पर्नु अघि अभियुक्त कुर्मीले आफ्नो नाम लालबही, प्रेमकुमार भन्दै ढाटेका थिए। मृतक पारस पुरीले अभियुक्त कुर्मीका छोरा दिनेशलाई विदेश पठाईदिन्छु भन्दै १ लाख १५ हजार रकम लिएका थिए। बहराईन काम गर्न गएका अभियुक्तका छोराले भनेअनुसार काम र पारिश्रमिक नपाएपछि पारससँग दिएको रकम पटक पटक फिर्ता मागेका थिए। 

पैसा फिर्ता नपाएपछि पशुपतिसहित ३ जनाले मिलेर कटुवा पेस्तोलले पारसको हत्या गरी विस्फोटक पदार्थ पड्काएर मोटरसाइलमा भारततर्फ भागेका थिए। पारसलाई मार्न भनि पुशपतिले ५ हजार बैना समेत दिएको खुलेको छ।  

मोबाइलबाट भिडियो खिचेको विषयमा बिबाद हुँदा एक जनाको मृत्यु

कपिलवस्तुको मायादेबी गाउँपालिका–४ पिपरामा मोबाइलमा भिडियो खिचेको विषयमा बिबादपछि कुटपिट गरिँदा एक जनाको मृत्यु भएको छ। स्थानीय जाबेद मुसलमान र बद्दाम मुसलमानबीच भिडियो खिचेको विषयमा बिबाद बढेको थियो। बिबादपछि बद्दामसहितको समूहले सोही विषयमा खाटको पटीयाले टाउकोमा हिर्काउँदा जाबेदको मृत्यु भएको हो।  

जाबेदको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको आरोपमा सद्दाम मुसलमान र बद्दाम मुसलमान पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
अर्को समाचार
हत्याको २० वर्षपछि फरार अभियुक्त पक्राउ
२३ कार्तिक २०८०
•
१ मिनेट पाठ
हत्याको २० वर्षपछि फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची।
अर्घाखाँचीमा हत्या भएको बीस वर्षपछि एक फरार अभियुक्त पक्राउ परेका छन्। २०६० सालमा एक महिलाको हत्या गरेर फरार रहेका पुरुष प्रहरीको फन्दामा परेका हुन्।




२०६० साल फागुन १३ गते शितगंगा नगरपालिका-८ चरिङगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर-३ बाहिरी गाममा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। हत्या गर्दा घर्ती ४१ वर्षका थिए। बीस वर्षपछि उनी ६१ वर्षको उमेरमा पक्राउ परेका हुन्।

चोरी गर्ने मनसायले उनले नन्दाको हत्या गरेका थिए। हत्यापछि फरार रहेका घर्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस