रौतहट– बरियारपुर गाविसमा शनिबार साँझ पानीमा डुबेर एक बालिकाको जयान गएको छ। वडा नम्बर ६ का जीवनकिशोर सहनीकी एक वर्षिया छोरी अन्नुकुमारी सहनी घरनजिकैको खालीमा डुबेकी हुन्।
आँगनमा खेल्दाखेल्दै दुधे बालिका हराएपछि घरका अन्य सदस्यले खोजबिन गर्दा नालामा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो। शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको गरुडाका प्रहरी निरीक्षक नन्दलाल साहले जनाए।