विस्तारित सडकको हप्ताहप्तामा निरीक्षण
२७ फागुन २०७०
•
५ मिनेट पाठ
विस्तारित सडकको हप्ताहप्तामा निरीक्षण
काठमाडौं- सरकारले उपत्यकाको विस्तारित सडकको हरेक साता निरीक्षण र अनुगमन गर्ने भएको छ। विस्तारित सडक निर्माणका क्रममा देखिएका समस्या कार्यक्षेत्रमै गएर समाधान र कामलाई तीव्रता दिन हरेक साता सडक अनुगमन लागिएको हो।मध्यमाञ्चल सडक क्षेत्रीय निर्देशक दयाकान्त झाको संयोजकत्वमा रहेको कमिटीले प्रत्येक हप्ता सडकको स्थलगत निरीक्षण गर्दै निर्माणलाई तिव्रता दिने भएको हो। सडक विस्तार सुरु भएयता नै कमिटी बनाइएको भए पनि कमिटीले नियमित अनुगमन गर्न सकेको थिएन।
समितिले अनुगमन नगर्दा निर्माणमा संलग्न निकाय र ठेकेदारको लापरबाही बढ्दै गएको भन्दै काठमाडौं विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले अनुगमनलाई नियमित गर्न आइतबार निर्देशन दिएका थिए। बास्कोटाको निर्देशनपश्चात समितिले हरेक साताको मंगलबार सडक अनुगमन गर्ने भएको हो। समितिमा तीनै जिल्लाका डिभिजन सडक कार्यालय, आयुक्तको कार्यालय, विद्युत प्राधिकरण, खानेपानीका प्रतिनिधि छन्।
बास्कोटाले नियमित अनुगमन नहुँदा निर्माणका काममा सुस्तता आएको र केही स्थानमा धेरै नै समस्या आएकाले साप्ताहिक निरीक्षण अनिवार्य गर्न निर्देशन दिइएको बताए। 'सम्बन्धित निकायले कार्यक्षेत्रमा गएर निर्माणको काम नहेर्दा समस्या थुप्रिँदै गएको पाइयो,' उनले भने, 'त्यसकारण निर्माणको कामलाई गुणस्तरीय र छिटो बनाउन अनुगमनलाई सक्रिय पार्न भनिएको हो।' उनका अनुसार कमजोर निरीक्षणको फाइदा उठाउँदै ठेकेदारले काममा ढिलाइ गर्दा सर्वसाधारणले दुःख पाइरहेका छन्।
बास्कोटाको अध्यक्षतमा आइतबार बसेको बैठकमा हालसम्म उपत्यकामा ५२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिइयो। जसअनुसार काठमाडौं सडक विस्तार आयोजनाले ३४ दशमलव ७९० किमी सडक निर्माणको जिम्मेवारी पाएकोमा हालसम्म १८ दशमलव १०५ किमी, काठमाडौं डिभिजन सडक कार्यालयको जिम्मामा निर्माणाधीन ४६ दशमलव ४५५ किमीमध्ये १४ दशमलव ७८० किमी, ललितपुर डिभिजन सडक कार्यालयले २८ दशमलव १४३ किमी सडक निर्माण गरिरहेकोमा हालसम्म ११ दशमलव ७१० किमी, भक्तपुर डिभिजन सडक कार्यालयले ८ दशमलव ४५० किमी सडक निर्माण गरिरहेकोमा हालसम्म १ दशमलव ७८० किमी, काठमाडौं महानगरले २२ किमी सडक निर्माण गरिरहेकोमा हालसम्म ७ दशमलव ५०० किमी र एकीकृत बागमती सम्यताले सुन्दरीजलदेखि सुन्दरीघाटसम्म ३० किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म २ दशमलव ५०० किमी कालोपत्र भएको छ।
बैठकमा बास्कोटाले जतिसक्दो छिटो सडक कालोपत्रे गरी काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले कालोपत्र गर्दा ठाउँठाउँमा ग्याप राखेको, फोहोर फुटपाथमा राखेर नउठाएको, भत्काउँदा निस्केको फोहोर/डेब्रेज समयमै सफा नगरेको, निर्माण सामग्रीको थुप्रोले ट्राफिकलाई बाधा पुर्याउएको भन्दै आपत्ति व्यक्त गरेका छन्। 
'जिम्मेवार पदाधिकारीले आमजनताको सुविधालाई ख्याल गरी निर्माण व्यवसायीलाई काम लगाउनुपर्छ,' उनले सडक कार्यालयलाई निर्देशन दिँदै भने। बास्कोटाले कामको गुणस्तरीयतामा ध्यान दिन, सम्पन्न भएको सडकमा होर्डिङ बोर्ड राखी एक वर्षसम्म निःशुल्क मर्मतको व्यवस्था गराउन, फुटपाथ निर्माण, आपांगमैत्री सडक, कालोपत्र भएको सडकमा मार्किङ र नयाँ ट्राफिक लाइट राख्न निर्देशन दिए।
निर्माणको काममा बजेटको अभाव हुन नदिन र निर्माणका बखत जनताको उपयोगमा रहेका ढल, खानेपानीका पाइप, विद्युत र टेलिफोन सेवा अवरुद्ध हुने गरी लापरबाही ढंगले काम नगर्न पनि सरोकारवाला पदाधिकारीलाई बास्कोटाले सजग गराएका छन्।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस