चुरेको गिटीले बिहार चम्कँदै
२७ फागुन २०७०
•
९ मिनेट पाठ
चुरेको गिटीले बिहार चम्कँदै
बारा/रौतहट- नेपालको चुरेक्षेत्र कुरूप पारी पुर्याकइएको ढुंगागिटीले भारतको बिहार राज्य आफ्ना सहर चम्काइरहेको छ। चुरेको ढुंगागिट्टीबाट बिहारका सीतामढी, मोतीहारी, शिवहरलगायत जिल्लामा दर्जनौं सडक निर्माण भइरहेका छन्।क्रसर माफियाले विभिन्न नाका हुँदै सीमावर्ती सहर रक्सौल पुर्यााउँछन्। यसरी पुर्यािइने गिट्टीमा बारा र रौतहटबाट उत्खनन गरिएका पनि निकै छन्। बिहारका सडक, सरकारी भवन र व्यक्तिगत भवनमा नेपाली ढुंगागिटीको माग रहेको रक्सौलस्थित कारोबारी बताउँछन्। 'यहाँ नेपालबाट आयात हुने ढुंगागिटीको ठूलो बजार छ,' दीपक नामका एक कारोबारीले भने, 'नेपाली क्रसर व्यवसायीले रक्सौलसम्म ल्याइदिन्छन्, त्यसपछि मोतीहारी, बेतिया, सुगौली, रमगढवासम्म पठाइन्छ।' उनका अनुसार नेपाली व्यवसायीबाट प्रति सिएफटी ६५ रुपैयाँ (भारु ४०) मा किनिने गिटी भारतीयले ८८ रुपैयाँ नेपाली (भारु ५५ ) मा बेच्ने गरेका छन्। रक्सौल पुर्यातइने नेपाली गिटीको कारोबारमा स्थानीय एक सयभन्दा बढी व्यापारी संलग्न छन् भने उनीहरूले २ हजारभन्दा बढी मजदुरलाई रोजगारी दिएका छन्। 
निजगढमा क्रसर व्यवसाय गर्दै आएका प्रदीप सुवेदी आफू भारत मात्र निकासी गर्ने बताउँछन्। उनका अनुसार नेपाली बजारमा भन्दा रक्सौल पुर्याैइँदा बढी मूल्य पाइन्छ। 'नेपालमा प्रति सिएफटी ४५ रुपैयाँमा पनि बिक्दैन, उता ६५ रुपियाँभन्दा बढी पाइन्छ,' उनले भने। विदेश पठाउँदा जिविस बारालाई प्रति सिएफटी तीन रुपैयाँ र वीरगन्ज भन्सारले ११ रुपैयाँ ३० पैसा तिर्नुपर्ने सुवेदीले बताए। गत वर्ष ३ हजार ५ सय टिपर गिटी भारत पुर्यानएका उनले चालू सिजनमा १ हजार ५ सय टिपरभन्दा बढी निकासी गरिसके। 
यता, क्रसर उद्योगले जिल्लाका खोलानालाबाट जथाभाबी ढुंगागिटी उत्खनन गर्दा नदीको धार परिवर्तन, सतह माथि उठ्ने, कृषिभूमिमा ह्रास आउने र पानीका मुहान सुक्ने क्रम बढेको छ। बारामा दर्ता रहेका २८ उद्योगमध्ये १३ वटा सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। क्रसर व्यवसायीले सम्बन्धित निकायलाई आर्थिक प्रलोभनमा पारी मापदण्डबाहिरका खोलानालाबाट पनि ढुंगागिटी निकाल्न अनुमति पाइरहेका छन्। वीरगन्ज भन्सारबाट मात्रै प्रतिदिन २ सयदेखि ४ सय टिपर भारत जाने गरेको कार्यालयले जानकारी दिएको छ। वीरगन्ज भन्सारबाट वार्षिक औसत ५० हजार टिप निकासी हुने गरेको छ। 
व्यवसायीले इजाजतबाहिरका क्षेत्रमा जथाभाबी उत्खनन गर्दा पनि अनुगमन गनुपर्ने निकाय मौन छ। जिविस बारा चालू आवको असार मसान्तसम्म स्थानीय खोलानालाबाट ८१ लाख घनफिट ढुंगागिटी निकाल्न सकिने भन्दै थप प्रक्रिया अघि बढाइरहेको छ। फागुनदेखि असार मसान्तसम्म उक्त परिमाणको ढुंगागिटी निकाल्न सकिने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले देखाएको स्थानीय विकास अधिकारी बद्रीकृष्ण शंखदेवले बताए। 
फेरि पनि ठूलो मात्रामा ढुंगागिटी उत्खननको प्रक्रिया अघि बढाइएकामा जिल्ला वन कार्यालयप्रमुख मनबहादुर खड्काले आपति जनाएका छन्। दुधौरा, लालबकैया, बालगंगा, पसाहालगायत खोलानालाबाट यति धेरै परिमाणमा उत्खनन गर्न नसकिने उनले बताए। बाराका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की चुरे क्षेत्रको ढुंगागिटीले तराईक्षेत्र भन्दा भारतको विकासमा बढी खर्च भएको बताउँछन्। 
रौतहटमा पनि अवैध रूपमा गिट्टी भारत निकासी गर्ने क्रम निकै बढी छ। मापदण्डभन्दा बढी निकासी हुँदा पनि 'माथिको आदेशमा' छाडिदिनुपरेको सम्बद्ध अधिकारीहरू बताउँछन्। अवैध उत्खननले चुरे मरुभूमीकरण हुँदै गएपछि रोक लगाउन जिल्ला विकास समितिले गरेको प्रयास प्रायः विफलै भएको छ। जिविस रौतहटले गत ४ गते सडकको क्षमताभन्दा बढी गिटी राखेर निकासी गर्न लागेका १२ भारतीय ट्रक रोकेको थियो। 'तर, माथिको आदेश नछाडी सुखै पाइएन,' प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए।
यसअघि नारायणी अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनालले पनि क्षमताभन्दा बढी ढुंगागिट्टी बोकेर निर्माणाधीन सडक बिगारिदिएको जनगुनासोपछि ३२ वटा भारतीय ट्रकलाई जरिवाना गराएका थिए। तर, निकासी रोकिएन। त्यसपछि ती ट्रकले बाटै परिवर्तन गरी वीरगन्ज नाका प्रयोग गर्न थाले। प्रमुख खनालले गत वर्ष निकासीमा प्रतिबन्धै लगाएका थिए। तर, पनि माथिल्लो निकायको निर्देशनमा चुरे दोहन गराई सीमावर्ती भारतीय बजारको विकासनिर्माणमा सघाउने क्रम रोकिएको छैन। 
जिविस संरक्षणको साटो उल्टै ढुंगागिटी भारत निकासीको बाटो सजिलो पारिरहेको छ। जिविस बाराले गत माघ २६ गते निजगढको लालबकैया क्रसर उद्योगलाई यहाँको नाका भएर एक लाख घन फिटबराबरको निकासी अनुमति दिने निर्णय गरेको पत्र गौर भन्सारमा पुगेको छ। चैत २ गतेसम्मका लागि उक्त उद्योगलाई ढुंगागिट्टी भारत निकासी गर्न अनुमति दिइएको जिल्ला विकास समिति बाराका कर्मचारी प्रमोद गुप्ताले बताए। लालबकैया क्रसर उद्योगका सञ्चालक कुमार खड्का भाडामा दिएर जथाभाबी उत्खनन गराइरहेका छन्। एक लाख घन फिट निकासी अनुमति पाएको उद्योगले त्योभन्दा निकै बढी उत्खनन गरिरहेको स्थानीय बताउँछन्। 
बारा र रौतहट जिविसले हचुवाको भरमा निकासी अनुमति दिएको अनुमगन टोलीले फेला पारेको छ। सो क्षेत्रको उत्पादनक्षमता निरीक्षणै नगरी कार्यालयमै बसेर निकासीका लागि छुटपुर्जी दिइएको पाइएको छ। यही उदासीनताका कारण लालबकैयाकै लेखानम्बर र बिल प्रयोग गरी अनुमति नदिइएका चौलागाईं क्रसर, अवनिश एग्रिगेटलगायतले पनि निकासी गरिरहेका छन्। बढी लोड गर्ने भारतीय नम्बरका ट्रकलाई प्रहरीले निगरानीमा राखेपछि निजगढका क्रसर सञ्चालकले नेपाली नम्बरका टिपरमा गिटी लोड गरी लालबकैयाकै छुटपुर्जीमार्फत निकासी गर्ने गरेको एक टिपर चालकले बताए। लालबकैयाले उत्खनन गरेको ढुंगागिटी भारतका युवराज ट्रेडर्स, हरिओम इन्टरप्राइजेज, जुल महम्मद इन्टरप्राइजेजका नाउँमा रौतहट नाका भएर भारत निकासी हुने गरेको गौर भन्सार कार्यालयले जनाएको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस