इलाम- संविधानसभा निर्वाचनमा माउ पार्टी एमाओवादीले लज्जास्पद हार व्यहोरेपछि विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी) संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुँदैछ। एमाओवादी जिल्ला कमिटीका पदाधिकारीहरु एक तह घटुवा गर्दै सम्मेलनको तयारीमा व्यस्त भइरहँदा क्रान्तिकारीले संगठन सुदृढीकरण योजना ल्याएको हो।'राष्ट्रिय स्वाधीनता र जनसंविधानका लागि सशक्त विद्यार्थी आन्दोलन, वैज्ञानिक तथा जनमुखी शिक्षा प्राप्तिको अभियान' नारासहित क्रान्तिकारीको भरखरै मंगलबारेमा सम्पन्न दशौं जिल्ला सम्मेलनले संगठन सुधार्ने निधो गरेको हो। जसअन्तर्गत, ३० दिनभित्र इलामका शैक्षिक संस्था अध्ययनरत दुई हजार विद्यार्थीलाई सदस्यता दिइनेछ।
'एक महिनामा एक हजार पाँच सयदेखि दुई हजार सदस्यता वितरण गरिनेछ' क्रान्तिकारी अध्यक्ष धनप्रसाद राईद्वारा बिहिवार जारी विज्ञप्तिमा उल्लेख छ, 'सबै मावि र उच्च माविमा इकाई कमिटी गठन गर्दै मुख्य क्याम्पसहरुमा इकाई सम्मेलन गरिनेछ।' नसोचेको निर्वाचन नतिजापछि माउ पार्टीको निर्देशनमा क्रान्तिकारीले यस्तो निर्णय गरेको हो।
'कटक–गोकुल स्मृति संगठन सुदृढ अभियान'अन्तर्गत क्रान्तिकारीका पदाधिकारीहरु जिल्लाका शैक्षिक संस्था पुगेर नयाँ सदस्य बनाउनेछन्। सम्मेलनपछि राईको अध्यक्षतामा २० सदस्यीय समिति बनाउँदै क्रान्तिकारीले १९ बुँदे योजना र संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। त्रिविले ल्याएको सेमेष्टर प्रणालीको चर्को विरोध गरिएको छ।
'केन्द्रीय क्याम्पसलाई सेमेष्टर प्रणालीमा लगिनु हुँदैनथ्यो, यसविरुद्ध भण्डाफोर गछौं' विज्ञप्तिमा छ, 'निजी स्कुलले शुल्क वृद्धि गर्न खोज्दैछन् त्यसको पनि विरोध गछौं।' ट्युसन पढ्ने प्रवृत्तिको अन्त्य गर्ने, शिक्षणमा मन नलाउनेलाई जनकारवाही गर्ने, दृष्टिविहीन र अपाङ्गलाई उचित शिक्षा दिलाउने तथा कर्मचारीका सन्तानलाई सरकारी स्कुल पढाउन संघर्ष गर्ने जनाइएको छ।