हनुमानढोकाको सिंह सत्तल पुनर्निर्माण हुने
२९ फागुन २०७०
•
४ मिनेट पाठ
हनुमानढोकाको सिंह सत्तल पुनर्निर्माण हुने
काठमाडौं- १८ वर्षदेखि लागत रकम अनुमानमै सीमित वसन्तपुर दरबार क्षेत्रस्थित सिंह (सिं ल्यँ) सत्तल पुनर्निर्माण हुने पक्कापक्की भएको छ। पुरातत्व विभाग, गुठी संस्थान र महानगरपालिकाबीच बुधबार कुरा मिलेपछि पुनर्निर्माण पक्का भएको हो।

ऐतिहासिक पुरातात्विक सत्तल बनाउन दौडधुप भएको वर्षौं भइसके पनि महानगरपालिका र गुठीको असमझदारीले निर्माणमा समस्या भइरहेको थियो। 'अब सहमति भएको छ,' विभागका महानिर्देशक भेषनारायण दाहालले भने, 'यतिका समय दुई निकायको राम्रो समझदारी नहुँदा ढिला भएको थियो।'
महानगरको ४० प्रतिशत र गुठीको ६० प्रतिशत लगानीमा कूल १ करोड ४० लाख लागतमा सत्तल बन्ने पक्का भएको दाहालले बिहीबार नागरिकलाई बताए। तीनै निकायले आर्थिक वर्ष २०६९/७० अन्तिम समयमा १ करोड ३ लाखमा सत्तल निर्माण गर्नुपर्ने निर्णय गरे पनि अहिले फेरि रकम बढाएका हुन्। बजारभाउ बढेको भन्दै रकम बढाइएको स्रोत बताउँछ।
उनका अनुसार पुरातत्व विभागको प्राविधिक सहयोगमा गुठी र महानगरपालिकाले आ–आफ्नो क्षेत्राधिकार प्रयोग गरेर सत्तल पुनर्निर्माण गर्नुपर्ने हुन्छ। भौतिक अवस्था अत्यन्तै नाजुक भएर सत्तलमा दैनिक हुने भजन २० वर्षदेखि बन्द थियो। आकासेपानी चुहिने समस्या हुदाहुँदै १७ वटा पसल भुइँतलामा जोखिमपूर्णरुपले सञ्चालनमा छन्।
'बजार भाउ बढेका कारण अहिले रकम ह्वात्तै बढ्न गएको छ,' गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले भने, 'पुराना सामग्री सकभर धेरै प्रयोग गरेर पुनर्निर्माण थलिनेछ।' निकै ढिला भइसकेको भन्दै कुनै हालतमा बनाउनुपर्ने अवस्था रहेको उनले बताए।
'टेन्डरमा जानका लागि काम अगाडि बढिसकेको छ,' थपलियाले भने, ' विभागको रोहवरमा महानगरपालिका र गुठी मिलेर बनाउँछौं।' 
महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख हरिकुमार श्रेष्ठका अनुसार चैत दोस्रो सातासम्म टेन्डर हुन्छ। त्यसको चार महिनामा काम सुरु भएर कम्तीमा एक वर्षभित्र काम सक्ने उनले जानकारी दिए।
'लागत रकम टुंगोमा पुगेको छ,' उनले भने, 'बजारभाउअनुसार काठ अत्यधिक महँगो भएका कारण लागत बढेको हो।' लागत अनुमानमा विभाग, महानगरपालिका र गुठीका प्राविधिक संलग्न रहेको उनले बताए।
२०५२/५३ सालमै गुठीले मर्मत गर्न भन्दै ६ लाख रुपैयाँ छुट्याएको थियो तर स्थानीयले पूरै बनाउनुपर्ने भन्दै रोकेका थिए। थपलियाका अनुसार २०५२ सालपछि लगातार १२ वर्ष केही हुन सकेन। सत्तल बनाउन गठित समितिले २०६४/६५ मा ७९ लाख रुपैयाँमा बनाउनुपर्ने भन्दै लागत रकम तोकेको थियो। 
थपलियाका अनुसार महानगरपालिकाले गुठीसँग सरोकारै नगरी २०६६/६७ मा एकलौटी लागत रकम १ करोड ७४ लाख बनाएपछि गुठी झस्कियो र फेरि लागत तयार गर्नुपर्ने भन्दै काम रोकियो।
१२ औं शताब्दीको अन्त्यतिर बनाइएको भनिएको काष्ठमण्डपसँगै निर्माण गरिएको सत्तल अहिलेसम्म मर्मतसम्भार भएको छैन। स्थानीयका अनुसार काष्ठमण्डप अहिलेसम्म दुईपटक मर्मत भइसकेको छ। काष्ठमण्डप बनाएर बाँकी रहेको काठले सत्तल निर्माण गरिएको बताइन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस