भत्कियो फेवा सिल्टेसन ड्याम, करोडौं लगानी खेर
२४ असार २०७८
•
४ मिनेट पाठ
भत्कियो फेवा सिल्टेसन ड्याम, करोडौं लगानी खेर
बुधबार रातीको भेलले बगाएको फेवातालको सिरान क्षेत्रको हर्पन खोलाको सिल्टेसन पोखरी । पोखरी भत्किदाँ खोला किनारका बस्ती जोखिममा परेको छ । तस्बिर नागरिक
फेवाताल जोगाउन हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम खोलाको भेलसँगै बगेको छ । कमसल र गुणस्तरहीन सामानको प्रयोग गरी ड्याम बनाएको भन्दै आलोचना भईरहँदा पनि वेवास्ता गर्दा करोडौं लागतको पूर्वाधार खेर गएको हो । खोलामा आएको बाढीले पोखरी भत्काएर बस्तीतिर सोझिँदा ६ घर जोखिममा परेका छन् । दुईसय रोपनी धानखेतमा बाढी पसेको छ ।  




बुधबार मध्यरातमा परेको पानीले ड्यामको एकछेउ खोलामा आएको बाढीले भत्काईदिएको हो । अत्यधिक वर्षासँगै खोलामा आएको बाढीले थुपारेको ढुंगामुढा बालुवा जस्ता सिल्ट पोखरीबाट नझिक्दा र कमसल सामानको प्रयोगले भत्किएको स्थानीयको आरोप र गुनासो छ । 

खोलाकै बालुवालाई डोजरको बकेटले उठाएर सिमेन्टको मात्रा नमिलाई प्रयोगमा ल्याउँदा कामले पूर्णता पाएपनि गुणस्तरप्रति ध्यान कसैले नदिएको गुनासो स्थानीयले गर्दै आएका थिए । गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध जनाउँदै काम समेत रोक्न दबाव समेत दिएका थिए । तर, स्थानीयको गुनासो सुनुवाई नहुँदा करोडौं रकम बालुवामा पानी हाले सरह भएको छ ।  

फेवातालमा मिसिने खोलाले बगाएर ल्याउने सिल्ट थिग्राउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहलगानीमा ५ वटा सिल्टेसन पोखरी बनाईएको छ । कमसल सामाग्रीको प्रयोगले फेवातालको आयु लम्ब्याउने नभई झन घटाउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन् । फेवातालसँग ड्याम नै फुटेर बस्ती नै बगाउने हो कि भन्ने पिरलो गाँउलेको पहिले देखिनै थियो । जुन अहिले पोखरी भत्किएपछि पिरलो थपिएको छ । खोलो बस्तीतिर सोझिएको छ । खोलो तर्काउन नसकिए बस्तीलाई खोलाले फेवामै मिसाउने पक्का छ ।  

‘काम शुरु भएदेखि नै गुणस्तरीय सामान प्रयोग गर्न आग्रह गर्यौं । गुणस्तरहीन भयो भन्दै महानगरपालिकालाई सचेत गरायौं । तर गुनासो कसैले सुनेनन् । पोखरी भत्किएपछि त्यसको प्रत्यक्ष असर स्थानीयले भोग्नुपरेको छ,’ पोखरा–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले भने, ‘स्थानीय स्रोत र साधनको उपयोगको नाममा गुणस्तरहीन निर्माणले बस्तीलाई जोखिममा पुर्यायो ।’ उनका अनुसार पोखरी निर्माण हुदाँ कमसल बालुवाको प्रयोग गरिएको थियो । 
‘स्थानीयले विरोध गरे कसैले सुनेनन् । महानगगर र प्रदेश सरकारसँग हारगुहार गर्यौं । तैपनि सुनिएन । अहिले खोलाले वितण्डा मच्चाएको छ,’ वडाध्यक्ष पराजुलीको भनाई थियो, ‘ड्याम भत्कँदा सरकारी लगानी खेर गएको छ । बालुवामा पानी हाले सरह करोडौं रकमको काम भेलमै बगेको छ ।’

पोखरी भत्किएपछि खोलो तर्काउन स्थानीयलाई सकस परेको छ । निरन्तर पानी परेको छ । ‘बस्ती जोगाउन खोलो तर्काउनुपर्छ । खोलो तर्काउन वडासँग बजेट छैन् । महानगर र प्रदेशसँगै हारगुहार गर्नुको विकल्प छैन्,’ वडाध्यक्ष पराजुलीको भनाई थियो । उनले बस्ती जोगाउन खोलाको दुवै किनारमा तलैसम्म तटबन्ध बाध्नुपर्ने बताए । दोहोरो तटबन्ध लगाउने हो भने बस्तीमा खोलो पस्न पाउँदैन् । उनका अनुसार तत्कालै बस्ती जोगाउन १५÷१६ वटा ग्याभिनको लागि तारजाली आएपनि लगाउन सम्भव छैन् ।  

खड्क, कृष्ण पिके जेभी दाङ घोराहीले पोखरी निर्माण गर्ने जिम्मेवारी पाएको हो । फेवाताल संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको पाँच वटा पोखरी निर्माण गरिएका हुन् । निर्माण गरिएको पोखरीमध्ये हर्पन खोलामा ७ करोड ८८ लख रुपैयाँको लागतमा बनाइएको पोखरी भत्किएको पोखरा महानगरपालिकाका इन्जिनियर विमल आचार्यले बताए । ‘चेक ड्याम बन्नुपर्ने थियो । पिसिसी गरिएको छैन् । केवल ढुंगाको जोडाईको गारो मात्रै छ,’ उनले भने, ‘हामीले पनि त्यतिबेलै ल्याब टेष्ट गरेका थियौं । मापदण्ड भित्रै थियो । अर्थात यत्तिको जोडाईले धान्न सक्छ भन्ने थियो । सुपरभिजन गरेका हौं । पानीको सतहसम्म राखिएको ढुंगामाथिबाट सिमेन्ट प्रयोग गरिएको थियो । बेस कंक्रिट त्यतिबेला नै थिएन् ।’  

गतवर्ष पोखरीको मर्मत सम्भार गरिएको थियो । पोखरीमा जम्मा भएको सिल्ट झिक्न ढिलाईले समस्या निम्तिएको उनको भनाई थियो । ‘गतवर्ष मर्मत हुँदा सिल्ट कलेक्ट भएको थिएन् । अहिले ढुंगा, बालुवा र माटो बढी थिग्रियो । त्यसको प्रेसर ड्याममा पर्यो । थेग्न नसक्दा फुट्यो,’ उनले भने, ‘पुरै सिल्ट झिक्न नसकेको कारणले क्षति हुन पुग्यो ।’ पोखरी खोलाको सतहभन्दा दुई फिट तल गहिराईबाट जग उठाईएको उनले जानकारी दिए । पोखरी चार मिटर अग्लो १ सय मिटर लम्बाई र १ सय मिटर चौडाईको थियो ।

तालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा ड्याम बनाईएको छ । महानगरकै तथ्यांक अनुसार खोलाहरुबाट वार्षिक १ लाख ४२ हजार घनमिटर सिल्ट तालमा जम्मा हुने गरेको छ । फोताल संरक्षण गर्न बनाईएको पोखरीबाट जम्मा भएको सिल्ट झिक्ने र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले फेवा सिल्टेसन प्रालिलाई दिएको छ । जिम्मेवारीसँगै प्रालिले पोखरीबाट सिल्ट झिक्न शुरु गरेको थियो । महानगरसँग प्रालिले जेठ १७ गते सम्झौता गरेको थियो । 

‘पोखरीबाट सिल्ट झिकेर हामीले दुई ठाँउमा डम्पिङ गरेका छौं । पोखरी भरिएर भत्किएको होईन् । गुणस्तरहीन र कमसल सामानको प्रयोगले भत्किएको प्रष्टै देखिन्छ,’ फेवा सिल्टेसन प्रालिका निर्देशक शिव अधिकारीले भने । उनका अनुसार प्रालिले दैनिकजसो नै सिल्ट झिकेर व्यवस्थापन गरिएको छ  । ‘गुणस्तरीय नहुदाँ बाँध भत्कियो  त्यसको दोष थुप्रिएको सिल्ट नझिकेर भन्ने सरासर गलत हो’ उनको भनाई थियो । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस