भाइ विवेकमाथि किन देखाइनन् दिदीले विवेक?
२४ असार २०७८
•
४ मिनेट पाठ
भाइ विवेकमाथि किन देखाइनन् दिदीले विवेक?
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलिप बिष्टका साढे तीन वर्षका नाबालक छोरा विवेक बिष्टलाई आफ्नै दिदी नातापर्ने १५ वर्षकी किशोरीले योजना बनाएरै हत्या गरेको खुलेको छ।




सुन्दै जीउ सिरिङ्ग हुने यो घटनाका कारण टीकापुर नगरपालिका स्तब्ध छ। सबैलाई यो घटनाले मर्माहत बनाएको छ। कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले हत्या भएको बताउँदै हत्याको मुख्य कारणमा विवेकले लगाएको चाँदीको बाला भएको खुलेको जानकारी दिए। ‘उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकालेपछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन्,’ एसपी अधिकारीले भने।  

विवेक हत्याबारे पत्रकार सम्मेलनमा उनले विष्ट परिवारबीच रिसिइबी रहेको पनि स्पष्ट पारे पनि के रिसिइबी हो? त्यो स्पष्ट खुलाइएको छैन, यो अनुसन्धानले खुलाउने निश्चित छ। वास्तवमा एक दिदीले कसरी भाइको हत्या गर्न सक्छ? एक निर्दोष, नादान, अबोध बालकलाई किन हत्याको निशाना बनाइन् दिदीले र उनले लगाइन् टीका अपराधीको? यो विषय निक्कै गम्भीर र सोचनीय विषय हो। मानिसहरुमा कसरी अपराधिक सोचको विकास हुन्छ, जसले आफूभित्रको विवेकलाई मार्छ र समाजका विवेकहरुले विनाकारण कुलोमा डुब्नुपर्छ?

वास्तवमा पूँजीवादको विशेषता नै पैसाका लागि इमान गुमाउनु, विवेक गुमाउनु हो। यही विवेक गुमाउने व्यवस्थाको सिकारमा परेका हुन् टीकापुरका अबोध विवेक।
यो घटनाका पछाडि कुनै न कुनै रुपमा समाज नै जिम्मेवार हुने समाजशास्त्रीहरुको तर्क नकार्न सकिन्न। घटनालाई हेर्दा भर्खर १५ वर्षकी एक किशोरीमा आपराधिक सोच, मनमा पाप पलाउनुमा उनमा बढेको महत्वकांक्षालाई जिम्मेवार तत्वका रुपमा लिन सकिन्छ। काठमाडौँ अर्थात् सहर, धेरैको सपनाको सहर, अझ नेपालको राजधानी, यो सहरमा आउनका लागि उनले विचरा विवेकलाई प्रयोग गरिन्, उनले विवेकको खुट्टाको चाँदीको बाला देखिन्।  

हाम्रो समाज क्रमशः पैसामुखी बन्दैछ, सुविधामुखी बन्दैछ। पैसाविना, सुविधाविना बाँच्नै नसक्ने सोचमा पुगेको एक नवयुवाको प्रतिनिधि पात्र हुन् विवेकको हत्यामा संलग्न दिदी र उनलाई सहयोग गर्ने अर्को नवयुवा। अहिले युवाहरु क्रमशः पूँजीवादी खाडलतिर भासिँदै गएका छन्। उनीहरु पैसाका लागि जे गर्न पनि तयार भइरहेका छन्। वास्तवमा पूँजीवादको विशेषता नै पैसाका लागि इमान गुमाउनु, विवेक गुमाउनु हो। यही विवेक गुमाउने व्यवस्थाको सिकारमा परेकी हुन् टीकापुरका अबोध विवेक।

अहिले युवाहरु विभिन्न किसिमले महत्वकांक्षी बनिरहेका छन्। कयौं युवाहरु कूलतमा परेका छन्, कयौं विभिन्न खाले नशामा परेका छन्। उनीहरुमा छोटो समयमा छिट्टै प्रगति गर्ने, कम मिहिनेत गरी छिट्टै पैसा कमाउने ध्याउन्नमा छन्। अहिले विकास भइरहेको सूचना प्रविधिले मानिसलाई एक्ल्याएर आक्रामक बनाउँदैछ। आफ्नो धरातल बिर्साएर महत्वकांक्षाको अल्याख सपनामा भुलाउन सूचना प्रविधिले सघाउँदैछ। 

घटना बाहिरिएसँगै घटनालाई समाजको परिवेशसँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको काभ्रे बहुमुखी क्याम्पसमा समाजशास्त्र अध्यापनरत सुरेश बखुन्छेंको भनाइ छ। उनले अहिलेका पुस्तामा क्रमशः सामाजिकीकरण कम हुँदै गएको बताउँदै सामाजिकीकरणको अभावमा समाजमा अपराध बढ्न सक्ने औंल्याए। ‘समाजका नयाँ पुस्तामा देखासिकीपन, आधुनिकीकरण बढेको छ, उनीहरुमा टिभी, मोबाइललगायतमा आउने विभिन्न सिरियलको प्रभाव ज्यादा देखिन थालेको छ’, उनले भने, ‘हाम्रो सामाजिक संरचनाअन्तर्गत संयुक्त परिवारबाट एकल परिवारमा परिणत भएको छ, परिवारमा विचलन आएको छ, सो घटनाका पछाडि सोसियो इकोनोमिक कारण लुप्त छन्।’

घटनाबारेमा प्रहरीले योजनाबद्ध हत्या भएको तथ्य सार्वजनिक गरेको छ। योजनाबद्ध भन्नुको अर्थ स्वभाविक रुपमा ती निर्दयी दिदीलाई कोहीले प्रयोग गरेको हुन सक्ने सम्भावना पनि उत्तिक्कै छ। यतिमात्र नभएर किशोरावस्थाका कतिपयमा नयाँ अनुभव बटुल्ने हुटहुटीले पनि समाजमा अकल्पनीय घटना भइरहेका छन्।

कारण जे जस्तो भए पनि नहुनुपर्ने घटना टीकापुरमा भएको छ। यस्तो अवस्थामा बुढी मर्नुभन्दा पनि काल पल्किनु भयानक रहेकाले यसबारेमा हामीले चिन्तन र मनन् गरी समाजलाई अपराधमुक्त बनाउने वातावरणको सृजना गर्न जरुरी छ।

यो पनि पढ्नुहोस्

१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

यो पनि पढ्नुहोस्

तीन दिन पहिले बेपत्ता बालकको हत्या भएको पुष्टि

यो पनि पढ्नुहोस्

बेपत्ता नाबालकको अवस्था अझै अज्ञात
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस