भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य
२५ असार २०७८
•
२ मिनेट पाठ
भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य
भक्तपुरको सिपाडोलमा गरिएको एक प्लानिङमा घुम्न जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ।




सूर्यविनायक नगरपालिका वडा नं. ८को तौडोलमा गरिएको प्लानिङमा घुम्न जाने, घन्टौ बस्ने, टिकटक बनाउनेहरुको संख्या बढिरहेको हो।

‘मान्छेहरु आउँछन्, घन्टौं बसेर रमाएर जान्छन्,’ स्थानीय ७८ वर्षका साधुराम थापाले भने, ‘आजकाल साँझ –विहान साथीहरुसँग, परिवारका सदस्यहरुसँग आउनेहरुको संख्या बढेको छ।’

अरनिको राजमार्गको जगातिबाट करिब २ किलामिटर उत्तरमा तौडोलमा निक भुजिकिक हाउजिङ प्रा.लि.ले डेढ वर्षअघि प्लानिङ गरेको हो। सो प्लानिङ कम्पनीले करिब १५ महिनाअघि प्लानिङको सबै काम सकाएपछि त्यहाँको स्वरुप बदलिएको छ। सुरुमा सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनका लागि सरकारी पक्षबाटै निरीक्षण समेत भएको थियो।

‘हाम्रो ठाउँ नै सोच्दै नसोचेको जस्तो बनेको छ, प्लानिङ हेर्दै रमाइलो खालको बनेको छ’ स्थानीय मिना थापाले भनिन्, ‘ पहिला ढिस्काहरु थिए, खेतका गराहरु थिए, बाटो थिएन, ओहोरदोहोरका लागि समस्या थियो, पाखा थियो, खोल्साले माटो बगाउँथ्यो।’

प्लानिङ कम्पनीले मनग्ये खर्च गरी सो ठाउँलाई आर्कषक र आवासका लागि योग्य बनाएपछि अहिले मानिसहरु सो ठाउँमा गएर रमाउने गर्न थालेका हुन्। ‘सहरबाट अलि टाढा जानु परे जाने ठाउँ थिएन, यहाँको वातावरण मनमोहक छ, शितल छ, त्यही भएर पनि फुर्सदमा यहाँ आउने गरेका छौं।’ सोही ठाउँमा भक्तपुरको च्याम्हासिंहबाट आएका रश्मी प्रजापतिले भनिन्, ‘जंगलको छेउमा गरिएको प्लानिङ भएकाले रमाइलो छ, सिरसिर हावा चल्छ।’

त्यतिमात्र नभएर उनले गुच्चमुच्च परेको गल्लीमा बस्दाबस्दा आफूलाई दिक्क लाग्ने गरेको बताइन्। यहाँका फराकिला पीच बाटाहरु, अनि रोपिएका बिरुवाहरुले अझ यहाँ आउँ–आउँ बनाएको छ।’ उनले थपिन्।

सोही वडाका वडाध्यक्ष पनि त्यही टोलका हुन्। उनले आफ्नो घरसँगै बनेको प्लानिङ हेर्दाहेर्दै आर्कषक बनेको बताए। ‘मान्छेहरु दिनहुँ आइरहेका छन्, किन आउँछन्, थाहा छैन, कोहीकोहीसँग सोध्दा, यो ठाउँ राम्रो छ, त्यही भएर आएको भन्छन्।’ उनले भने।

उनका अनुसार सो ठाउँमा दिनकै हजार बढीको चहलपहल हुने गरेको छ। ‘मलाई लाग्छ, त्यो ठाउँ प्राइभेट सेक्टरबाट गरिएको नमूना प्लानिङ हो, यस्तो खाले प्लानिङ भक्तपुरको अन्यत्र भएको छैन, हेर्दै आउँ–आउँ लाग्ने बनेकोले मान्छेहरु आउने र घुम्ने गरेका हुन सक्छन्।’ उनले भने।

सो प्लानिङलाई अहिले निक कोलोनीको नामा दिने तयारीमा छन्, प्लानिङ कम्पनी। कम्पनीका डिल्ली बराइलीले सो आवासीय परियोजना १३० रोपनी क्षेत्रफलमा फैलिएको बताए। उनले कम्पनीले दीगो योजना बनाएर व्यवस्थित प्लानिङ गरिएको बताउँदै प्लानिङका लागि करोडौं खर्च गरिसकेको बताए। ‘अन्दाजी यतिउति भन्ने नै भएको छैन, हामीले यसमा मनग्ये खर्च गरेका छौं, यहाँ खर्च गर्न हामीले कुनै कञ्जुस्याइँ गरेका छैनौं।’ उनले भने।

उनले सो प्लानिङलाई नगरपालिकाकै नमूना प्लानिङ भएको दाबी गर्दै अहिले नगरपालिकाले सो प्लानिङलाई नै व्यवस्थित आवास योजनाभित्र समावेश गर्ने तयारी गरिहेको बताए। उनले सो प्लानिङबाट आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई १ करोड ९२ लाख राजस्व तिरेको पनि बताए। सो स्थानमा घुम्न जानेहरुको संख्या बढेसँगै धेरैले सो प्लानिङलाई भाइरल प्लानिङको समेत नाम दिएका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस