स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने
२६ असार २०७८
•
३ मिनेट पाठ
स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने
रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम सकिन अझै डेढ महिना लाग्ने भएको छ। स्याफ्रु र टिमुरेको बस्ती नसारिएको र केही क्षेत्रमा पोल गाड्ने ठाउँ नै नभएका कारण बढी समय लागेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।




स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।  

चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने विजुलीको पोल सार्ने काम अहिले जारी छ। सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा अब केही मात्र बाँकी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।  

नेपाली पक्षले समयमा नै काम गर्न नसकेका कारण सडकको स्तरोन्नति सुरु हुन अझै केही समय लाग्ने देखिएको छ। २०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ को दोस्रो लहरका कारण काम पछि धकेलिएको छ।  

२०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण काममा ढिलाइ भएको र टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार समयमा नसारिँदा पनि थप ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटताले पनि समस्या पारेको छ।  

गएको पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भएपनि विविध कारणले चैत महिनासम्मको म्याद थप गरिएको थियो। साइड क्लियर भएर कोरोनाको जोखिम घटेपछि चिनियाँ टोलीले आएर कम सुरु गर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।  

सडक खण्डमा रहेका विद्युत्का पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्ने छ। यी तीनवटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ।

रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नति २० महिना अघि सुरु गरिएको थियो। चिनियाँ टोली आएर २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो । नेपाली पक्षले साइड क्लियर गरेपछि स्तरोन्नति अघि बढाउने बताएर टोली चीन फर्किएको थियो। त्यसको केही महिनापछि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण काम प्रभावित भयो।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भएपनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असर गर्यो। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ।  

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।

तर निर्माण गरिएको डिपिआरले स्याफ्रुका बासिन्दालाई असर गर्ने देखिएपछि संशोधनको लागि प्रस्ताव गरिएको योजना प्रमुख भण्डारीले बताए। ‘सडक सिधा बनाउनका लागि छेउपटिका घर मात्र भत्काउने गरी डिपिआर तयार भएको रहेछ’, उनले भने, ‘हाल कायम भएको सडकको केन्द्रलाई राखेर डिपिआर संशोधन गर्न भनेका हौं।’  

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापारमा सहज हुने छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदैछ। गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु रसुवागढी सडक तेस्रो खण्ड हो। गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ। 
अर्को समाचार
उडड्यन प्राधिकरणले गुमायो सवा अर्ब राजस्व
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
उडड्यन प्राधिकरणले गुमायो सवा अर्ब राजस्व
कोभिड–१९ महामारीका कारण हवाई उडान बन्द हुँदा देशभरका विमानस्थलबाट सरकारलाई प्राप्त हुने झण्डै एक अर्ब २० करोड राजस्व गुमेको छ । देशभर सञ्चालनमा रहेका ५६ विमानस्थलबाट प्रतिमहिना ६० करोड राजस्व उठाउँदै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले लकडाउनयता उक्त रकम उठाउन पाएको छैन ।




विश्वका दुई सय १८ मुलुकमा फैलिएको कोरोना महामारी रोकथामको उद्देश्यले नेपालले समेत हवाई उडानमा रोक लगाएको छ । हवाई उडानमा प्रतिबन्ध लम्बिँदै जाँदा थप राजस्व गुम्ने प्राधिकरणको अनुमान छ ।

उडान प्रतिबन्धका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका तीनसहित २८ विमान कम्पनीका ५० भन्दा बढी, आन्तरिकतर्फका आठ हवाई कम्पनीका र १० हेलिकप्टर कम्पनीका जहाज र हेलिकप्टर ह्यांगरमै थन्किएर बसेका छन् ।

कोभिड–१९ का कारण विमान कम्पनीले समेत मासिक अर्बौंको कारोबार गुमाएका छन् । दुई महिनादेखि उडान बन्द रहँदा हवाई कम्पनीहरु घराशयी बन्दै गएको भन्दै प्राधिकरणले विमानस्थलमा लिँदै आएको जहाज तथा हेलिकप्टर पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव ल्याउन लागेकोमा त्यो समेत त्यत्तिकै छ ।

गत वैशाख २८ गते विमान कम्पनीलाई राहतस्वरुप पार्किङ शुल्कमा छुट दिनेबारे प्राधिकरणले निर्णय गरे पनि मन्त्रिपरिषद्बाट उक्त प्रस्ताव स्वीकृत नहुँदा हवाई कम्पनी झनै अन्योलमा छन् ।

प्राधिकरणको बोर्ड निर्णयबाट स्वीकृत भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा  प्रस्ताव पठाए पनि मन्त्रिपरिषद्को बैठकसम्म पुग्न नसक्दा लकडाउन अवधिभरको पार्किङ शुल्कबारे विमान कम्पनी अन्योलमा छन् ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार पार्किङ शुल्क छुटको प्रस्तावबारे सरकारबाट कुनै निर्णय भएको छैन ।

‘बोर्डको बैठकले लकडाउन सुरु भएदेखि हवाई उडान खुलेको एक महिनासम्मका लागि पार्किङ शुल्क र देशभरका विमानस्थलमा रहेका पसल तथा कबलहरुमा ७५ प्रतिशत छुट दिने प्रस्ताव मन्त्रालयमा पठाएको हौं,’ नागरिकसँग क्षेत्रीले भने, ‘मुख्यसचिव हुँदै मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने व्यवस्था छ ।’

हाल चार्टर्ड उडानबाहेकका अन्य उडान पूर्ण रुपमा बन्द रहेको जनाउँदै उनले संक्रमण बढ्दै जाँदा हवाई उडान कम्पनीसमेत प्रभावित बन्दै गएकाले राहतस्वरुप प्राधिकरणले उक्त निर्णय गरेको बताए ।

हाल विचाराधीन अवस्थामा रहेको उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए जहाज पार्किङमा लाग्दै आएको शुल्क र पसल–कबलको भाडाबाट हवाई कम्पनी तथा व्यवसायीलाई राहत पुग्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरण स्रोतका अनुसार आन्तरिक विमान कम्पनीले लकडाउनअघि प्रति ६ घन्टा एक हजार किलोको एक डलरका दरले जहाज पार्किङ शुल्क तिर्दै आएका थिए । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरे विमानस्थलभित्र सञ्चालित हाल बन्द रहेका अन्तर्राष्ट्रियतर्फका झण्डै २० तथा आन्तरिक टर्मिनलतर्फका आठवटा पसल कबलले समेत छुट पाउने छन् ।

पर्यटन मन्त्रालयद्वारा महामारीका कारण पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावित क्षति र संरक्षणका लागि अवलम्बन गर्नुपर्ने नीतिबारे सुझाव दिन गठित सरकारी कार्यदलले समेत गत वैशाख २२ गते विमान कम्पनीले मासिक चार अर्ब नोक्सानी भोग्दै आएको बताउँदै ११ बुँदे सुझाव पेस गरेको थियो । त्यसमा पनि उक्त अवधिको पार्किङ शुल्क र जरिवाना छुट दिनुपर्ने सुझाव थियो ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस