नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा सबै नागरिकप्रति समान व्यवहार गरिने प्रतिबद्धता जनाए पनि तराईका हरुवा–चरुवाको अवस्था अहिले पनि दयनीय रहेको एक प्रतिवेदनले उल्लेख गरेको छ । आत्मनिर्भर केन्द्र र फोरम एसियाद्वारा तयार पारिएको उक्त प्रतिवेदनअनुसार अहिले पनि यो समुदाय आर्थिक–सामाजिकरूपमा हेपिएको अवस्थामा छ । त्यही कारण उनीहरू जलवायु परिवर्तनका कारण सिर्जित समस्याको समेत गम्भीर सिकार बनेका छन् ।
धनुषाको धनौजीलाई आधार मानेर गरिएको यो अध्ययनअनुसार सरकारले शिक्षा निःशुल्क भने पनि स्टेसनरीलगायत विभिन्न बहानामा शुल्क लिइँदा यो समुदायका बालबालिकाको अझै पनि विद्यालयमा सहज पहुँच छैन । त्यसै गरी मुख्य काम कृषि भए पनि उनीहरूसँग आफ्नो जमिन नभएकाले जस्तो पाइन्छ, त्यस्तै काम गर्न बाध्य छन् ।
खास गरी कोभिड–१९ का कारण घरबाहिर निस्कन नपाउँदा वा अन्य कामसमेत नपाउँदा उनीहरू गम्भीर खाद्य असुरक्षा भोग्न बाध्य भएका जनाउँदै प्रतिवेदनले सरकारी तथा अन्य निकायले उनीहरूका लागि विशेष व्यवस्था गर्न नसकेको पनि उल्लेख गरेको छ ।
हरुवा–चरुवा समुदायका सबैजसोको छोरीको बिहेका लागि र अन्य चाडपर्वका लागि लिएको ऋण हुने र चर्को ब्याजका कारण त्यो थपिँदै जाँदा पनि उनीहरू निकै कठिन अवस्थामा रहेका यसमा जनाइएको छ । त्यसै गरी एकदमै कम ज्यालामा काम गर्नुपर्ने र बाध्यताका कारण आफ्ना हक÷अधिकारबारे आवाज उठाउनसमेत नसक्ने अवस्थाले यो समुदाय अहिले पनि चर्को मारमा परेको निष्कर्ष प्रतिवेदनको छ ।
टाइड–ह्यान्ड्स (फ्याक्ट फाइन्डिङ मिसन रिपोर्ट अन हरुवा–चरुवा ः डेब्ट, पोभर्टी एन्ड क्लाइमेट चेन्ज इन धनुषा, नेपाल) नामक यो प्रतिवेदन बिहीबार ब्याङ्ककमा सार्वजनिक गरिएको हो ।जसमा हरुवा–चरुवालाई यस्तो अवस्थाबाट मुक्त गर्न कस–कसले के के गर्नुपर्छ भन्ने सुझावसमेत दिइएको छ ।