भक्तपुपुरस्थित विश्वप्रसिद्ध पाँंचतले मन्दिरको आइतबार वर्षगाँंठ मनाइएको छ। यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँसदा भनिन्छ। यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गर्नुका साथै मन्दिरको गजुरमा झन्डोत्तोलन गरिएको छ। झन्डोत्तोलन बर्सेनि असार शुक्ल प्रतिपदा अर्थात् जन्मदिनको दिन गरिन्छ।
मन्दिर ३ सय २० वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइएको हो। ३ सय १९ वर्ष पूरा गरी मन्दिर ३ सय २० वर्षमा पुगेको हो। नेपाल संवत् ८ सय २२ मा राजा भूपतीन्द्र मल्लले असार शक्लपक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँठ पूजा गरिएको इतिहास छ। वर्षगाँठका अवसरमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवालहरू संलग्न रहेका थिए। उनीहरू मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झन्डा हालेका थिए। मन्दिरको भित्रभित्र हुँदै उनीहरू मन्दिरको गजुरसम्म पुग्छन्।
सांस्कृतिविद् ओम धौभडेलले ङातापोल (पाँचतल्ले) मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्। मन्दिर नेपाल संवत् ८२२ पुस शुक्ल नवमीमा जग राखेको थियो। मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरूले गरेकोे किंवदन्ती छ। त्यही कारण प्रत्येक वर्ष तुछिमलाका टोलका अवालेहरू त्यस कार्यमा लाग्ने गरेको उनी सुनाउँंछन्।
टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमन्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइएको छ। मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको बताइएको छ। सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिन्छ।
नेपालकै सबैभन्दा अग्लो यो मन्दिर बारम्बारको भूकम्पकाबीच पनि बाँचिरहेको छ। पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन। समयसमयमा मर्मत सुधार भइरहने भएकाले मन्दिरमा क्षति हुन नपाएको विज्ञहरू बताउँंछन्।
पछिल्लोपटक पनि २०७२ सालको महाभूकम्पपछि मन्दिरको जीर्णाेद्धार गरिएको छ। मन्दिरको माथिल्ला दुईतीन तल्लाहरू जीर्णाेद्धार गरिएका हुन्।
पछिल्लोपटक मन्दिरको पुनर्निर्माण २०७६ मंसिर ६ गतेबाट सुरु भएको थियो। त्यसपछि कोभिड–१९ को लकडाउनका कारण २०७६ चैत ११ गतेदेखि काम बन्द गरेको थियो। तर, पछिल्लो पटक फेरि लकडाउनकाबीच नै मन्दिर पुनर्निर्माणको काम सुरु गरी अघिल्लो लकडाउनअघि नै सम्पन्न गरिएको थियो। भक्तपुर नगरपालिकाको जम्मा लागत ६५ लाखको लागत इस्टमेटमा काम सुरु भएको थियो। तर हजारौंको जनश्रमदान र आर्थिक सहयोगले लागतभन्दा निकै कममै जीर्णाेद्धारको काम भएको थियो।