फेवाको सिल्टेसन ड्याम बनाउने कम्पनिसँग प्रष्टिकरण माग
२८ असार २०७८
•
३ मिनेट पाठ
फेवाको सिल्टेसन ड्याम बनाउने कम्पनिसँग प्रष्टिकरण माग
निर्माणकै क्रममा कमसल सामाग्रीको प्रयोग र गुणस्तरहीन निर्माण भएको भन्ने जनगुनासोलाई बेवास्ता गरेको पोखरा महानगरपालिकाले भत्किएको फेवा सिल्टेसन ड्याम निर्माण कम्पनीसँग कानूनी उपचार खोज्ने भन्दै पत्राचार गरेको छ । पत्राचार गरिएपनि कम्पनीलाई प्रतिउत्तर पठाउन भने समय सीमा तोकिएको छैन् ।  




कमजोर संरचना र कमसल निर्माण सामाग्रीको प्रयोग भईरहेको जनगुनासोलाई चटक्कै छाडेर महानगर अहिले सिल्टेसन ड्याम भत्किँदा निर्माण कम्पनिलाई मात्र दोष देखाएर उम्किने प्रयास गरेको छ । ‘कमजोर संरचना निर्माण गरेकोले कम्पनिलाई पत्राचार गरिएको छ । तर प्रतिउत्तरको लागि टाईम बाउण्ड्री राखिएको छैन्,’ महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने ।  

फेवाताल संरक्षण गर्न महानगरपालिका र गण्डकी प्रदेश सरकार बीचको संयुक्त लगानीमा तालमा मिसिने विभिन्न खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको थियो । २८ करोड १६ लाख रुपैयाँ लागतमा पाँचवटा पोखरी निर्माण गरिएका छन् । निर्माण गरिएको मध्ये हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम गत असार २३ गते परेको अविरल वर्षाले खोलमा आएको बाढीले भत्काईदिएको थियो । भत्काइएको ड्याम ७ करोड ८८ लख रुपैयाँको लागतमा बनाइएको पोखरा महानगरपालिकाका इन्जिनियर विमल आचार्यले बताएका थिए ।  

‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको छ,’ महानगरपालिकाका प्रवक्ता नेपालीले भने, ‘सम्बन्धित कम्पनीलाई स्पष्टीकरणको पत्राचार गरिसकिएको छ ।’ उनका अनुसार तीनदिन अघि मात्रै महानगरपालिकाले कम्पनीलाई पत्रचार गरेर डिजाइनमा भएको त्रुटीको कारण, ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई स्पष्टीकरण सोधिएको छ ।  

महानगरपालिकाले स्पष्टीकरणको लागि पत्राचार गरेको पत्रमा भने कम्पनीलाई निश्चित समय सीमाभित्र प्रतिउत्तर पठाउनुपर्छ भन्ने नखुलाइएको प्रवक्ता नेपालीले सुनाए । ‘पत्राचार गरिएको छ । प्रतिउत्तरको लागि कम्पनीलाई समय सीमा तोकिएको छैन्,’ उनको भनाई थियो । महानगरले पठाएको पत्रमा प्रतिउत्तरको समय सीमा नभएपनि केही दिनभित्रैमा प्रतिउत्तर नआएको अवस्थामा कम्पनीलाई फेरी पत्रचार गर्ने उनले बताए ।  
खड्क, कृष्ण पिके जेभी दाङ घोराहीले ड्याम बनाएको हो । ७ करोड ८८ लाखमा ड्याम निर्माण गरिएको हो । सम्बन्धीत कम्पनीबाट प्रतिउत्तर नआएको अवस्थामा महानगरपालिकाले कानूनी उपचार गर्ने जनाएको छ । ‘प्रतिउत्तर नआए जरिवाना लगाउने छौं,’ उनले भने, ‘नभए कम्पनीको लाईसेन्स खारेज गर्न सिफारिस गर्ने छ ।’ उनका अनुसार प्रतिउत्तर कहिले आईपुग्छ यकिन छैन् ।  

‘आयोजनाको त्रुटी सच्याउने अवधि तथा बिमा लगायतका विषयमा महानगरपालिका थप स्पष्ट हुने प्रयास गरेको छ,’ नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सम्बन्धित पक्षहरुले कानुनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानुनी रुपमा आफ्नो हित रक्षाको लागि चाल्नु पर्ने सम्पूर्ण कदमहरु चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पु¥याउने छ ।’

निर्माण गरिएका तीन वटा ड्याम यस महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन बमोजिम मर्मत सुधार तथा पुनर्निर्माणको लागि कम्पनी फेवा सिल्टेसन प्रालिसँग हालै सम्झौता भई संरक्षणको लागि स्थानीयबासीहरुले उठाएका विषयहरु तथा हाल ड्याममा पुगेको क्षति लगायत उत्पन्न परिस्थितिको समाधान निकालिने महानगरपालिकाले उल्लेख गरेको छ । महानगरकै तथ्यांक अनुसार खोलाहरुबाट वार्षिक १ लाख ४२ हजार घनमिटर सिल्ट तालमा जम्मा हुने गरेको छ ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
४६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस