काठमाडौं- पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) डीबी लामाको निधन भएको छ। नुवाकोटको गेर्खुमा रहेको पुर्ख्यौली घरमा उनको हृदयघातका कारण मंगलबार बेलुका निधन भएको हो। उनी ८४ वर्षका थिए।
लामा २०३९ सालदेखि २०४३ सालसम्म आइजीपी भएका थिए। २०५६ सालको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासन सहायक मन्त्री थिए। उनी भूतपूर्व प्रहरी संघको अध्यक्षसमेत थिए। प्रहरी सेवामा आउनुपहिले उनी नेपाली कांग्रेसको २००७ सालको विद्रोहमा सहभागी थिए। उनका दुई पत्नी, दुई छोरा र दुई छोरी छन्। अहिले उनको शव काठमाडौं धापासीस्थित निवासमा ल्याइएको छ। उनको आजै अन्त्यष्टी गरिने परिवारिक सुत्रले जानकरी दिएको छ।