काठमाडौं - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी ज्ञानु दाहाल(केसी)को मृत्यु भएको छ। लामो समयदेखि क्यान्सरले पीडित दाहालको आज ओम अस्पतालमा निधन भएको हो।
करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पीडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको थियो। यसअघि दिल्लीको फोर्टिज अस्पतालमा उनको उपचार गराइएको थियो। ज्ञानुलाई गत साता काठमाडौं ल्याइएको हो। छोरीलाई भेट्न दाहाल दैनिकजसो अस्पताल पुग्ने गरेका थिए। साथै एमाओवादी र नेकपा–माओवादीका नेताहरुपनि ज्ञानुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्ने गरेका थिए। छोरीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि दाहाल पारिवारिक तनावमा थिए। ४० वर्षीया ज्ञानु दाहालकी जेठी छोरी हुन्।
अपडेट नेपाली समय ( ५:००)
उनको आजनै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। पशुपती आर्यघाटमा सूचना तथा संञ्चारमन्त्री मिनेन्द्र रिजाल, पर्यटनमन्त्री भीम आचार्य, नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य, एमाले वरिष्ठ नेता माधव नेपाल, संघीय समाजवादीका अध्यक्ष अशोक राई, एमाले सचिव विष्णु पौडेल एमाओवादीका नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पुगेका थिए।