काठमाडौं-धम्क्याएर रकम असुली गरेको आरोपमा प्लाटिनियम डिस्कोका सञ्चालक अमित लामा पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत दरवारमार्गले लामालाई पक्राउ गरी हिरासतमा राखेको छ। लामा सत्ताधारी दल नेकपा एमालेको युवा संघका सचिवालय सदस्य हुन्।
बृतका डिएसपी राजकुमार सिलवालले धम्क्याएर रकम मागेको मौखिक उजुरीको आधारमा अनुसन्धानको लागि पक्राउ गरिएको नागरिक न्युज सँग बताए।
सिलवालका अनुसार उनि सँगै नियन्त्रणमा लिइएको गाडीमा युवा संघको नगदी रसिद समेत फेला परेको छ। तर रसिद सँग अर्धकट्टी नभएको प्रहरीले जनाएको छ। रकम असुलीको अनुसन्धानको लागि पक्राउ गरिएको भनिए पनि उनलाई सार्वजनिक अपराधको अभियोग लगाइएको छ।