पर्वत-१२ वर्षको उमेरमा भीरबाट लडेर गम्भीर घाइते भएका लुंखुदेउराली–९ का ४२ वर्षीय मनिराम पाध्या ३० वर्षदेखि एकैथलो भएका छन्।
घरनजिकैको भीरमा बाख्रा चराइरहेका बेला उनी एक्कासि लडेका थिए।‘नजिकै भएका साथीले नदेखेको भए त्यतिबेलै मर्ने रहेछु,' उनी भन्छन्, ‘टाउकोमा २८ वटा टाँका लगाएको सुनेको थिएँ।' बाबुआमा छँदासम्म स्याहार पाए पनि त्यसपछि दुःखका दिन सुरु भएको उनले बताए। ‘बाबुआमा मरे, दाजुले सबै जग्गाजमिन बेचेर भाग्यो,' ओछ्यानमा लडिरहेका उनले रुँदै भने, ‘अब म के गर्ने?'
दुईवटा घरसहित प्रशस्त जग्गा–जमिन भए पनि दाजुले सबै बेचेर भागेको उनले बताए। ‘मलाई पालनपोषण गर्ला भनेर जग्गा–जमिन दाजुको नाममा बनाउन सहमति जनाएँ तर नराम्ररी झुक्याएर भाग्यो,' उनले भने, ‘एउटा घरसम्म गाउँलेले बचाइदिए।'
अहिले मनिरामलाई गाउँलेले पालो लगाएर खाना खुवाउने र दिसापिसाब गराउँदै आएका छन्। घाँटीबाट तलको भाग चलाउन नसक्ने उनलाई छिमेकी नन्दप्रसाद पाध्या, लालबहादुर मल्ल र ढाकाराम पौडेलले पालैपालो स्याहारसुसार गर्दै आएका छन्।
‘एक दिन एउटा र अर्को दिन अर्कोले खाना खुवाउने र दिसापिसाब गराउने गरेका छौं,' छिमेकी नन्दप्रसादले भने।
उनलाई साताअघि मात्रै जिल्ला स्वास्थ्य कार्यालय पर्वतको सिफारिसमा महिला तथा बालबालिका कार्यालयले ‘क' वर्गको अपांगता परिचय–पत्र प्रदान गरेको छ। महिला तथा बालबालिका अधिकृत सत्यदेवी अधिकारी र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मनिरामको घरमै पुगेर परिचयपत्र प्रदान गरेका हुन्।