खोटाङ-जिल्ला अस्पताल खोटाङकी महिला अहेवमाथि आकस्मिक कक्षमै खुकुरी प्रहार भएको छ। दिक्तेल– ९, सोल्माकी १९ वर्षीया कविता दाहालमाथि खाल्ले–८ का २२ वर्षीय अशोक केसीले खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट दाहाल गम्भीर घाइते भएकी छन्। उनको टाउको, घाँटी र देब्रे हातमा गहिरो चोट लागेको जिल्ला अस्पताल खोटाङका डाक्टर नवलकिशोर झाले बताए। आइतबार दिउँसो अस्पतालको आकस्मिक कक्षमै गएर केसीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। बेहोस अवस्थामा रहेकी दाहाललाई थप उपचारका लागि फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। वर्ष दिनदेखिको प्रेम सम्बन्धलाई दाहालले अस्वीकार गरेको भन्दै केसीले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्द शाहले बताए।
बिवाहको प्रस्ताव अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको प्रहरी नायव उपरीक्षक शाहको भनाइ छ। केसीले प्रेमिकाको हत्या गरेर आफैं आत्महत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको प्रहरीलाई वयान दिएका छन्। 'उनीहरुबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ,' प्रहरी नायव उपरीक्षक शाहले भने, 'केटीको अर्कैसँग विवाहको कुरा चलेपछि मार्ने र मर्ने आशयले आक्रमण भएको खुल्छ।' दाहाल ९ महिनादेखि अहेवको अस्थायी करार सेवामा कार्यरत रहेको डाक्टर झाले बताए। खुकुरी प्रहार गर्ने केसीलाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। केसीले बोकेको झोलाबाट डोरी बरामद भएको प्रहरीले जानकारी दियो।