काठमाडौं - प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल आज प्रहरी संगठनहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सभामा भाग लिन जाँदैछन्। आज ४ बजेको फ्लाइटबाट उनी अपराध अनुसन्धान विभागका डिआइजी सुरेन्द्रबहादुर शाह, नेपालस्थित इन्टरपोलका डिएसपी नरहरि रेग्मीसहित सहभागी हुन लागेका हुन्।इन्टरपोल सभा फ्रान्समा हुँदैछ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी गणेश केसीले जनाएअनुसार फ्रान्सको लियोनमा हुने १९ देखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। इन्टरपोलको स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना हुनेछ।
केसीका अनुसार वदलिँदो विश्व परिवेशमा लागू औषध कारोबार, साइबर अपराध, वातावरणीय अपराध, संगठितलगायत अन्तरदेशीय अपराध नियन्त्रणमा सहकार्यका विषयमा छलफल हुनेछ। 'यिनै विषयहरु हाम्रो प्राथमिकतामा पनि माथि रहेको छ,' केसीले नागरिकन्युजसँग भने।
इन्टरपोलमा १ सय ९० मुलुक सदस्य छन्।