काठमाडौं- नागरिक आन्दोलनका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले आमरण अनसन सुरु गरेका छन्। नरसंहार र मानवता विरोधी रोम विधान पारित गर्न माग गर्दै उनले सोमबार ९ बजेदेखि रत्नपार्कको शान्ति बाटिकामा आमरण अनसन सुरु गरेका हुन्।'भविष्यमा एकजना मान्छे पनि नमारियोस, हत्या हिंसालाइ मानवता विरोधी अपराध किटान गरियोस्', अनसन बसेका पहाडीले नागरिकन्युजसँग भने- 'अहिले अनसन बस्दा मलाइ कष्ट भए पनि भविष्यमा यसले धेरै मान्छेलाइ सुख र शान्ति मिल्नेछ।'
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रक्रिया सुरु गर्नु सकारात्मक भएको बताउँदै पहाडीले सबै किसिमका फौजदारी अपराधको लागि रोम विधान कार्यान्वन गर्नु पर्ने बताए। उनले भने ' सत्य निरुपण आयोगले द्वन्दको अवधिका घटनालाई मात्र हेर्छ सुरक्षित नेपालको लागि रोम विधान कार्यान्वन गर्नै पर्छ।'
अनसन बसेका पहाडीलाइ भेट्न सोमबार अपरान्ह एमाले नेता प्रदीप ज्ञवाली शान्ति बाटिका पुगेका थिए।
के हो रोम विधान?
अन्तरार्ष्ट्रिय युद्ध अपराध अदालतको स्थापना गर्ने उद्देश्यले सन् १९९८ मा तयार पारिएको बहुराष्ट्रिय सन्धि नै रोम विधान हो। यो सन्धि २००२ देखि कार्यान्वयनमा अाएको हो। अहिलेसम्म १२२ राष्ट्रले अनुमोदन गरेको यो अन्तरार्ष्ट्रिय सन्धिमा नेपालले भने हस्ताक्षर गरेको छैन। यो सन्धिले नरसंहार र मानवताविरोधी अपराधमा संलग्नलाई राज्यद्वारा कारवाही गर्न नसकी दण्डहीनता नहोस् भन्ने उद्देश्य राखेको छ। युद्ध अपराधीहरू राज्यविशेषको अधिकार क्षेत्र भित्र मात्र नभई अन्तर्राष्ट्रिय न्यायिक पहुँच भित्र रहनु आवश्यक छ भन्ने मान्यता राख्ने यो सन्धि माओवादी द्वन्द्वकालमा निकै चर्चामा थियो।
कस्ता व्यवस्था छन् रोम विधानमा?
१२८ धारामा विभाजित भएको रोम विधानको धारा ५ सबैभन्दा महत्वपूर्ण मानिन्छ। यो धाराले नरसंहार, मानवताविरोधी अपराध, युद्ध–अपराध, विश्वको कुनै व्यक्तिले जहाँसुकै गरेमा पनि अन्तरार्ष्ट्रिय युद्ध अपराध अदालतले कारबाही गर्न सक्छ। अन्तरार्ष्ट्रिय न्यायालयले अन्तर्राष्ट्रिय कानून बमोजिम राज्य राज्यबीचको विवाद हेर्दछ भने यस अदालतले विश्वको कुनै पनि व्यक्तिले जहाँकहीँ पनि गरेको मानवताविरोधी अपराधीलाई कारबाही चलाउन सक्छ। रोम विधानअनुसार त्यस्ता अपराधीलाई राज्य स्वयंले कारबाही नगरेमा वा गर्न नसकेमा यस अदालतले कारबाही गर्न सक्दछ। तर, पहिला त्यो राज्यले रोम विधानलाई अनुमोदन गरेको हुनुपर्छ।
रोम विधान अनुमोदन भइसकेपछि सामान्यतया अनुमोदन हुनुपूर्वका घटनामा आकषिर्त नहुने र यो कानून समान्यतः भूतप्रभावी नहुने भएकाले यसबाट माओवादीले डराउनु नपर्ने पहाडीको भनाइ छ। यसअघि संसदले रोम बिधान पारित गर्न सरकारलाई निर्देशन दिइसकेको छ।