काठमाडौं-नागरिक आन्दोलनका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडी तीन दिनदेखि आमरण अनशनमा छन्।नरसंहार र मानवताविरोधी रोम विधान पारित गर्न माग गर्दै उनले रत्नपार्कको शान्तिबाटिकामा सोमबार ९ बजे आमरण अनशन सुरु गरेका हुन्।
पहाडीले अहिले अनशन बस्दा आफूलाई कष्ट भए पनि भविष्यमा यसले धेरैलाई सुख–शान्ति दिलाउने बताए। सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया सुरु गर्नु सकारात्मक भएको उनको भनाइ छ। ‘तर, सत्यनिरुपण आयोगले द्वन्द्वकालका घटनालाई मात्र हेर्छ,' उनले भने, ‘सुरक्षित नेपालका लागि रोम विधान कार्यान्वन गर्नै पर्छ।'
पहाडीले अनशन बस्नुअघि मेची–महाकाली यात्रासमेत गरेका थिए। उनले चैत १५ गतेसम्म रोम विधान अनुमोदन गर्न आग्रह गर्दै फागनु २८ गते प्रधानमन्त्री र मन्त्रीलाई लेखेका थिए।
के हो रोम विधान?
अन्तर्राष्ट्रिय युद्व अपराध अदालतको स्थापना गर्ने उद्देश्यले सन् १९९८ मा तयार पारिएको बहुराष्ट्रिय सन्धि नै रोम विधान हो। यो सन्धि २००२ देखि कार्यान्वयनमा आएको हो। अहिलेसम्म १ सय २२ राष्ट्रले अनुमोदन गरिसकेका छन्। यो सन्धिले नरसंहार र मानवताविरोधी अपराधमा संलग्नलाई राज्यद्वारा कारबाही गर्न नसकेर दण्डहीनता नहोस् भन्ने उद्देश्य राखेको छ। युद्व अपराधीहरू राज्यविशेषको अधिकार क्षेत्रभित्र मात्र नभई अन्तर्राष्ट्रिय न्यायिक पहुँचभित्र रहनुपर्छ भन्ने मान्यता राख्ने यो सन्धि माओवादी द्वन्द्वकालमा निकै चर्चामा थियो।
रोम विधानका १ सय २८ धारामध्ये धारा ५ लाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। यो धाराले विश्वका कुनै पनि व्यक्तिले जहाँसुकै नरसंहार, मानवताविरोधी अपराध, युद्व–अपराध गरे पनि अन्तर्राष्ट्रिय युद्व अपराध अदालतले कारबाही गर्न सक्ने व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय न्यायालयले अन्तर्राष्ट्रिय कानुनबमोजिम राज्य–राज्यबीचको विवाद हेर्छ र विश्वको कुनै पनि व्यक्तिले जहा“कहीं गरेको मानवताविरोधी अपराधीमाथि कारबाही चलाउन सक्छ। अपराधीलाई राज्य स्वयंले कारबाही नगरे वा गर्न नसके यस अदालतले कारबाही गर्ने हो। तर, पहिला उक्त राज्यले रोम विधान अनुमोदन गरेको हुनुपर्छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले सामान्यतया रोम विधान अनुमोदन गरेपछिको मितिमा भएका घटनाका सम्बन्धमा छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउने गर्छ।
अनुमोदन हुनुपूर्वका घटनामा रोम विधान आकरर्षित नहुने भएकाले यसबाट माओवादीले डराउनु नपर्ने पहाडीको भनाइ छ।
२०६३ साउन ९ गते बसेको पुनर्स्थापित प्रतिनिधिसभा बैठकले रोम विधान अनुमोदनका लागि सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि रोम विधान अनुमोदन गर्दा नेपाललाई पर्ने दायित्व र यसको असरका सम्बन्धमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको थियो। रोम विधान अनुमोदनका लागि २०६५ माघ २३ गते मन्त्रिपरिषदमा प्रस्ताव पेस भए पनि सरकारले त्यसको अनुमोदन गरेको थिएन।