काठमाडौं-कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई आरोपीले पोलिग्राफ परीक्षण गर्न अस्विकार गरेका छन्।अधिकारी हत्यामा संलग्नता अस्वीकार गर्दै आएका छविलाल पौडेल र भीमसेन पौडेलले प्रविधिमा आधारित अनुसन्धान पोलिग्राफ परीक्षणमा बस्न अस्वीकार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छविलाल र भीमसेनले आफू निर्दोष रहेको दाबी गरेपछि प्रहरीले पोलिग्राफ टेस्ट गराउने प्रयास गरेको थियो। स्रोतका अनुसार प्रहरीले वयान सकाएर अनुसन्धानका लागि थप म्याद लिनुअगाडि नै उनीहरुको पोलिग्राफ टेस्ट गराउने प्रयास गरेको थियो। सोही प्रयासअनुसार प्रहरीले पोलिग्राफ टेस्ट गराउने प्रयास गर्दा दुवैजनाले अस्वीकार गरेको विश्वस्त स्रोतले नागरिकलाई बतायो।
दुवैजनाले पोलिग्राफ टेस्ट गराउन अस्वीकार गरेपछि चितवन प्रहरीले मंगलबार उनीहरुलाई जिल्ला अदालत चितवनबाट थप १३ दिन म्याद लिएको छ। अदालतले यसअघि दुवैजनालाई न्यायिक हिरासतमा राख्न प्रहरीलाई १२ दिनको म्याद दिएको थियो। नौ वर्षअघि चितवनमा रहेका हजुरबा–हजुरआमा भेट्न आउनेक्रममा कृष्णप्रसादको हत्या भएपछि दाइ नुरुप्रसादले हिरासतमा छविलाल र भीमसेनलगायत ११ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले यसअगाडि नै रामप्रसाद अधिकारी र पर्शुराम पौडेललाई पक्राउ गरेको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले हत्या अभियोगमा मुद्दा अगाडि बढाउन प्रमाण नपुगेको भन्दै उनीहरुलाई हाजिर जमानीमा छाडेको थियो।
नुरप्रसादको जाहेरीमा फुजेल– ६ का मेघनाथ पौडेल तथा ७ का विष्णु तिवारी, सुभ›ा अधिकारी, सीता अधिकारी, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारी र रामप्रसाद अधिकारीको नाम उल्लेख छ। प्रहरीले अनुसन्धानबाट जाहेरीमा नामै नपरेका रुद्रप्रसाद आचार्यसहित तीनजनाको नाम खुलाएको थियो। तीमध्ये आचार्य बेलायतमा रहेको जानकारीका आधारमा उनलाई नेपाल ल्याउन फागुन २१ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो।
प्रहरी अनुसन्धानमा कृष्णप्रसादलाई जबर्जस्ती मोटरसाइकलमा राखेर लैजाने आचार्य भएको खुलेको थियो। २०५७ देखी माओवादीमा लागेका उनी शान्ति प्रक्रियामा आएपछि २०६६ ताका श्रीमतीसँगै बेलायत गएको प्रहरी अनुसन्धानमा खुलेको थियो। घटनामा संलग्न ऋषिराम लामिछाने र मदन पौडेल भने द्वन्द्वकालमा सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएको प्रहरी तथ्यांकमा देखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रद्युम्न कार्कीले हिरासतमा रहेका दुई अभियुक्तले पोलिग्राफ परीक्षण अस्वीकार गरेको बारे केही बताउन चाहेनन्। उनले प्रहरी अनुसन्धानकै क्रममा रहेको र मंगलबारमात्रै १३ दिनको थप म्याद लिएको बताउँदै भने, ‘हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।'