काठमाडौं— अपहरण, अवैध हातहतियार, जबरजस्ती चोरी सहित ७ वटा अभियोग लागेका महेशबहादुर सिंहलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जबरजस्ती चोरीका घटनामा दोषी ठहर गर्दै शुक्रबार अदालतले १० लाख रुपैयाँ धरौटी मागे पनि अन्य अभियोगका लागि उनलाई थुनामा पठाएको हो।आर्थिक समस्यामा परेका व्यवसायी र सर्वसाधारणलाई सुरुमा सस्तो दरमा ऋण दिएर पछि चक्रीय प्रणालीमा १ सय २० प्रतिशतसम्म ब्याज असुल्ने र दिन आनाकानी गरे अपहरणसम्मै गरेर व्यक्तिगत सम्पत्ति हडप्ने सिंहलाई काठमाडौं प्रहरीको विशेष टोलीले तीन हप्ता अघि कलंकीबाट पक्राउ गरेको थियो।
उनले प्रायः हाउजिङ कम्पनीलाई रकम दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
प्रहरीले फेला पारेका अधिकांश चेक ओरियन्टल, कन्फर्टटेवल, रिलायवल डेभलपमेन्टलगायत हाउजिङ कम्पनीका थिए। प्रहरीले शुक्रबार सिंहको घरमा छापा मार्दा सातवटा हतियार फेला पारेको थियो। टुटु, बाह्र बोर र एयरगनसँगै प्रहरीले ९७ वटा कारतुस, ३९ वटा १२ बोरको गोली र चारवटा म्याग्जिनसमेत भेटेको थियो।