काठमाडौं- चार लाख अमेरिकी डलर लुकाएर चीनको खासा जाँदै गरेका १४ तिब्बती नागरकि पक्राउ परेका छन्। स्याम्पु, पाउरोटीलगायतका खाद्यन्नभित्र उनीहरुले डलर लुकाएर लाँदै गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली र महानगरीय प्रहरी वृत बानेश्वरले कोटेश्वरमा उनीहरुलाई नियन्त्रमा लिएर खोजतलास गर्दा लुकाएर राखेको डलर फेला परेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले डलरसहितको चिनिया नागरिक पक्राउ परेको पुष्टि गरेका छन्।
लामो समयदेखि तिब्बती नागरिकहरुले स्थलमार्ग प्रयोग गरी डलर तस्करी गर्दै आएका थिए। खासा ब्यापारीहरुसँग उनीहरुले डलर रकम लिएर अवैधरुपमा तिब्बत भित्र्याउँदै आएका थिए। सोही सूचनाको आधारमा प्रहरीले केही ब्यापारीहरुलाई पछ्याएका थिए।
प्रहरी अनुसार अहिलेसम्म बरामद रकमको परिणाम चार लाख पुगेको छ। बरामद रकमको परिणाम बढ्नसक्ने प्रहरीले जनाएको छ।
यसअघि पनि डलरसहित पटकपटक चिनिया नागरिक पक्राउ पर्दै आएका छन्।