काठमाडौं-उपत्यकाभित्र विस्तार भइरहेको सडक निर्माणको लक्ष्य पूरा नहुने भएको छ। सरकारले चैत मसान्तभित्र उपत्यकाको ९० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। चैत सकिन दुई दिनमात्र बाँकी रहँदा अझै २८ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले पहिलो प्राथमिकतामा राखे पनि ठेकेदारको ढिलासुस्ती र सरकारी कार्यालयकै सुस्तताका कारण निर्धारित समयमा सडक पुनर्निर्माण हुन नसकेको हो।
काठमाडौं सडक विस्तार उच्चस्तरीय अनुगमन समितिले निर्धारित लक्ष्य पूरा नहुने संकेत देखेपछि निर्माणमा संलग्न निकाय तथा ठेकेदारलाई काम सक्न निर्देशन दिएको छ। तर, ठेकेदार कम्पनी भने दुई दिनमा २८ किलोमिटर सडक कालोपत्र गर्न नसकिने भन्दै थप समय मागिरहेका छन्।
समितिका संयोजक कृष्णहरि बाँस्कोटाले पटक–पटक समय थपिएकाले निर्धारित लक्ष्य पूरा नगर्नेलाई नियमअनुसार कारबाही गर्ने तयारी भइरहेको बताए। ‘अहिलेसम्मको प्रगति र बाँकी काम हेर्दा चैतको लक्ष्य पूरा नहुने पक्का भएको छ,' उनले भने, ‘तोकिएको लक्ष्य पूरा नहुनुको कारण हेरेर कारबाही अगाडि बढाइनेछ।' लक्ष्यअनुसार काम नगर्ने निकाय तथा ठेकेदारको विषयमा छानबिन भइरहेको उनले जानकारी दिए।
उपत्यकाका विस्तारित सडक निर्माणको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजना, तीनवटै जिल्लाका डिभिजन कार्यालय, काठमाडौं महानगरपालिका र अधिकारसम्पन्न बागमती सभ्याताले गरिरहेका छन्। आयोजनले कुल ३५ किमि सडक पुनर्निर्माणको जिम्मा पाएकोमा हालसम्म २० किमि सडकमात्र बनाउन सकेको छ। चैत मसान्तसम्ममा उसलाई थप ६ किमि सडक बनाउने लक्ष्य तोकिएको छ।
लक्ष्य पूरा गर्न दुई दिनभित्र डिभिजन सडक कार्यालय काठमाडौंले नौ, भक्तपुरले पाँच, ललितपुरले दुई र महानगरपालिकाले सात किलोमिटर सडक कालोपत्रे गर्नुपर्छ। तर, यो लक्ष्य कसैले पनि पूरा गर्न नसक्ने आयोजना प्रमुख श्याम खरेल बताउँछन्।
सरकारले काठमाडौं डिभिजन कार्यालयलाई ४७ किलोमिटर सडक कालोपत्रे गर्न दिएकोमा १७ किलोमिटरमात्र कालोपत्रे भएको छ। यस्तै भक्तपुरलाई ९ किलोमिटर दिएकोमा दुई, ललितपुरलाई २९ किलोमिटर दिएकोमा १४, महानगरपालिकालाई २२ किलोमिटर दिएकोमा ८ र अधिकारसम्पन्न बागमतीलाई ३० किलोमिटर बनाउने जिम्मा दिइएकोमा ३ किलोमिटर सडकमात्र कालोपत्र गरेका छन्।