गौशाला- जिल्लाको एक गाविसमा भीषण आगलागी भएको छ भने सो आगलागीमा परी रु ५० लाख बराबरको क्षति भएको छ। गएराति करिब ९ बजे महोत्तरी गाविस–४ मा अवस्थित सन्तोषी यादवको फर्निचर र देवनन्दन ठाकुरको सैलुनमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।आगलागीमा परी सन्तोषी यादवको फर्निचरमा रहेको तयारी पाँचवटा बक्स पलङ, सोफासेट, दराज, टेबुल, कुर्सी, झ्याल, ढोका, चिरान तथा मुढा काठ र फर्निचर उद्योगसमेत पूर्ण रुपले जलेर नष्ट भएको छ भने देवनन्दन ठाकुरको सैलुनको पनि सम्पूर्ण सरसामान र सैलुन पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।
फर्निचरमा विद्युत् सर्ट भई भएको सो आगो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाबाट गएको वारुणयन्त्रले करिब ३ घण्टापछि नियन्त्रणमा लिएको थियो। रासस
फर्निचरमा विद्युत् सर्ट भई भएको सो आगो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाबाट गएको वारुणयन्त्रले करिब ३ घण्टापछि नियन्त्रणमा लिएको थियो। रासस