मोरङको उर्लाबारी नगरपालिका–८ स्थित राजघाटमा सोमबार एक किशोरको छुरा प्रहारबाट हत्या भएको छ।
उर्लाबारी–८ का १७ वर्षीय अभिषेक चौधरीको छुरा प्रहारबाट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। ‘फुटबल खेल्दाको भएको विवादलाई लिएर दिउँसो सवा १ बजेतिर अभिषेकमाथि एउटा समूहले छुरा प्रहार गरेको हो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘छुरा प्रहारबाट घाइते भएका अभिषेकलाई उपचारका लागि झापाको विर्तामोडमा रहेको बि एन्ड सी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषित गरे।’
डिएसपी श्रेष्ठका अनुसार आइतबार फुटबल खेल्दा विवाद भएको र त्यस बेला नै विवाद मिलाइएको खुलेको छ। तर, रिसिइबी साँधेर बसेको समूहले भोलिपल्ट (सोमबार)छुरा प्रहार गरी गरेको आक्रमणबाट अभिषेकको मृत्यु भएको छ भने अर्का एक जना युवा घाइते भएका छन्।
स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६/७ जनाको समूहमा आएका युवाले अभिषेक र २१ वर्षीय सुशन धामीलाई छुरा प्रहार गरेका थिए। उनीहरुले गरेको छुरा प्रहार र आक्रमणबाट दुवै जनाको ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये अभिषेकको मृत्यु भएको छ भने सुशनको अवस्था सामान्य रहेको र उनीको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए।
इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने घटनामा संलग्न अन्य फरार युवाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।