अर्घाखाँची -आइतबार दिउँसोदेखि हराएको नेपाल वायु सेवा निगमको ट्विनअटर विमान अर्घाखाँचीको खाँचीकोट १ मसिने लेकमा फेला परेको छ।
दुर्घटनामा परेका नेपाली सेनाका मेजर दीपक श्रेष्ठको मोबाइलको लोकेसन ट्र्याक गर्दा खाँचीकोट देखाएपछि सुरक्षाकर्मी त्यसतर्फ पुगेका थिए। श्रेष्ठको एनसेल मोबाइलमा फोन गएपछि लोकेसन ट्र्याक गरिएको थियो।
अहिले त्यहाँ ३ वटा हेलिकप्टर मार्फत सुरक्षाकर्मी लगिएको छ।
अपडेट
घटनास्थलमा १८ शव संकलन भएको नेपाली सेनाले जनाएको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीय बासिन्दा जुटिरहेका छन्। चिसोका कारण उद्धारमा समस्या आएको छ।
स्थानिय गणेश थापाका अनुसार जहाज आगो लाग्दै तल झरेको देखिएको थियो। जहाजमा चट्याङ परेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। घटनास्थल करिब २२ सय मिटर उचाइमा पर्छ। सो क्षेत्रमा हिउँ परेको थापाले बताए। उनका अनुसार शव क्षतविक्षत अवस्थामा पाइएका छन्। शव वरपर छरिएको अवस्थामा संकलन गरिएको थियो। अहिले हेलिकप्टरमा शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।
यो पनि पढ्नुस्: