तनहुँ, वैशाख २७- पृथ्वी राजमार्गअर्न्तर्गत डुम्रे-आँबुखैरेनी सडकखण्डमा पर्ने आँबुखैरेनी-६ को आँबुचोकमा आइतबार अपराह्न साढे ४ बजे डाँडाबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
दिउँसो परेको पानीपछि डाँडाबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले तीन/चार वटा घरलाई सामान्य क्षति पुर्याउनुका साथै एउटा रिक्सा र दुई वटा ठेला गाडा पुरेको प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्ग खुलाउन डोजर र प्रहरी घटनास्थलतर्फ पठाइसकिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र बिष्टले बताएका छन्। (रासस)

यस्तै खुर्कोट मन्थली सडक खण्ड अन्र्तगत सुनकोसी पुलमा माथिबाट पहिरो खसेपछि पुलमै अवरोध भएकाले सडक अवरुद्ध भएको स्थानियले जनाएका छन्। राजमार्गका ठाउँठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि पुर्वी तराई सहित विभिन्न जिल्लाका यात्रुहरु अलपत्र परेका छन्। विपी राजमार्ग हुँदै काठमाडौंसहित तराईका विभिन्न जिल्लामा आवातजावत गर्ने यात्रुहरु अलपत्र परेका हुन्। राजमार्ग खुलाउने प्रयास जारी रहे पनि शनिबार खुलाउन नसकिने अवस्था आएको प्रहरीले जनाएको छ।