डडेल्धुरा- हावाहुरी चल्ने मौसम सुरु हुनासाथ हरेक वर्ष वन विभागले डढेलो नियन्त्रणका योजना बनाउन थाल्छ। त्यही समय सामुदायिक वनका उपभोक्ता भने वनमा कसरी आगो लगाउने भन्ने योजना बुन्न थाल्छन्। वन संरक्षणको जिम्मेवारी पाएका उपभोक्ता समितिकै पहलमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेको छ।डडेल्धुरा र डोटीका हजारौं हेक्टर वनमा उपभोक्ताले बर्सेनि आगो लगाउने गरेको डडेल्धुराका जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले बताए। '३० देखि ४० हजार हेक्टरमा उपभोक्ताले आगो लगाउँछन्,' उनले भने। डढेलो नियन्त्रणका लागि वन विभागले करोडौं रकम खर्च गरे पनि उपभोक्ताकै कारण त्यो प्रभावकारी नभएको उनले बताए।
आगो लगाएपछि राम्रो घाँस पलाउने भएकाले उपभोक्ताले वनमा आगो लगाउने गरेका हुन्। 'यहाँ उपभोक्ता आफैं जंगलमा आगो लगाउँदा रहेछन्,' आलिताल रेन्जपोस्टका एक कर्मचारीले भने, 'प्रत्येक वर्ष ठूल्ठूला पहाडी क्षेत्रमा घाँसका लागि भन्दै उपभोक्ताले आगो लगाउने गरेका छन्।'
डडेल्धुरामा रहेको ७३ प्रतिशत वनमध्ये २६ प्रतिशतमा सल्ला र बाँकीमा साललगायत विभिन्न जातका बोटबिरुवा पाइन्छ। स्थानीय उपभोक्ताले प्रत्येक वर्ष सयदेखि डेढ सयसम्म वनमा आगो लगाउने गरेको जिल्ला वन कार्यालयको तथ्यांक छ।
भीमदत्त राजमार्गनजिक छतिवन गाविसको सामुदायिक वनमा गत साता स्थानीयले आफैं आगो लगाए। सल्लाको रुख रहेको सो वन डढेलोले दुई दिनमै सखाप भयो। आगलागीले सानातिना सबै बोटबिरुवा र जडीबुटी नाश भए। डडेल्धुराको शीर्ष, बगरकोट, आलिताल, जोगबुढा, गाँखेत, भागेश्वरलगायत गाविसका वनमा बर्सेनि ठूलो डढेलो लाग्ने गरेको छ। खुला चरिचरणलाई नियन्त्रण गर्न सकेमात्रै डढेलोमा कमी ल्याउन सकिने वन प्राविधिकहरू बताउँछन्।
घाँस र पशु चरिचरणका लागि उपभोक्ताले जंगलमा आगो लगाउने गरेको जिल्ला वन कार्यालयले जनाएको छ। चैतदेखि असार अन्तिमसम्म उपभोक्ताले तीनपटकसम्म आगो लगाउने गरेको वन अधिकृत देवकोटाले बताए। अहिले आगो लगाए पछि घाँस राम्रो हुने भएकाले प्रत्येक वर्ष जंगलमा आगो लगाउने गरेको स्थानीय रामचन्द्र भट्टले जानकारी दिए।
आगलागी रोक्न जिल्ला वन कार्यालयले प्रत्येक वर्ष लाखौं खर्च गर्ने गरेको छ। उपभोक्ताले नै आगो लगाए पनि जिल्ला वन कार्यालय भने कसले आगो लगायो भन्ने यकिन नभएकाले कारबाही गर्न नसकेको बताउँछ। 'सबैलाई कारबाही गर्न सकिँदैन,' वन अधिकृत देवकोटाले भने। वर्षायाम सुरु हुँदा राम्रोसँग पालुवा आउने भएकाले उपभोक्ताले आगो लगाउने गरेको भने उनी स्वीकार्छन्।
गत वर्ष जिल्ला वन कार्यालयले त्यसरी आगो नलगाउन सबैलाई आग्रह गरेको थियो। तर, उपभोक्ताले अटेर गर्दै आएका छन्।
घाँसका लागि आगो लगाउँदा अरु जडीबुटी र जंगली जनावरबारे उपभोक्ताले सोच्ने गरेका छैनन्। गत वर्ष डडेल्धुराका दुई सयभन्दा बढी सामुदायिक वनमा आगलागी भएको थियो। डढेलो बढ्दा करोडौंका काठ र जडीबुटीमात्रै नाश भएका छैनन्, वातावरणीय सन्तुलनसमेत बिग्रिरहेको जिल्ला वन अधिकृत डाक्टर देवकोटाले बताए।
महाभारत क्षेत्रमा चितुवा, हरिण, खरायोजस्ता जंगली जनावर आगलागीमा पर्ने गरेको जिल्ल्ाा वन कार्यालयले जनाएको छ । जंगली जनावरका लागि महाभारत उपयुक्त क्षेत्र मानिन्छ। भित्री मधेस क्षेत्रका धेरै जंगलमा आगलागी भएको इलाका वन कार्यालय जोगबुढाले जनाएको छ।