घरेलु महिला कामदारको श्रम स्वीकृति बन्द
०३ वैशाख २०७१
•
३ मिनेट पाठ
घरेलु महिला कामदारको श्रम स्वीकृति बन्द
काठमाडौं– खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले शारीरिक तथा मानसिक यातना पाएको एवं अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रमस्वीकृति बन्द गरेको छ। घरेलु महिला कामदारको अवस्था अध्ययन गर्न बुधबार श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाउँदै व्यक्तिगत श्रमस्वीकृति बन्द गरिएको हो।म्यानपावरमार्फत घरेलु कामदारका लागि महिलालाई विदेश पठाउन भने दुई वर्षअघि नै बन्द थियो। 
सोमबार लेबनानमा अलपत्र ३७ महिलाको उद्धार गरी स्वदेश ल्याइएपछि सरकारलाई व्यक्तिगत श्रम स्वीकृति बन्द गर्न दबाब परेको थियो।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक टीका भण्डारीले खाडी मुलुकमा जाने महिला कामदारबारे गुनासो र उजुरी बढेकाले वैदेशिक रोजगार विभागले हाउसमेडका लागि तत्काल श्रमस्वीकृति बन्द गरेको जानकारी दिए। उनले यसबारे अध्ययन गर्न बोर्डले अनुसन्धान समिति बनाएको बताए। 
'अहिले महिला कामदारका विषयमा समस्या बढ्दै गएको छ, त्यसमाथि तालिम दिने संस्थाहरु कार्यविधि बनेपछि त्यस मातहतमा आइसकेका छैनन्, सबै समस्या पहिल्याउन समितिलाई १० दिनको समय राखेर विभागले श्रमस्वीकृति बन्द गरेको हो,' उनले भने।
बोर्डका निमित्त कार्यकारी निर्देशक भण्डारीले तालिम दिने संस्थाले फागुनदेखि अनुमतिपत्र नलिएको बताए। 'हामी बोर्ड बैठक बसेर इजाजत दिने तयारीमा थियौं तर पहिले घरेलु कामदारमा समस्या देखिएपछि अध्ययन समिति बनाएर त्यसको प्रतिवेदनका आधारमा गर्छाै,' उनले भने। 
सुरक्षा प्रणाली, हकअधिकारदेखि तालिमको प्रभावकारिताबारे अध्ययन हुने उनले बताए। 
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले हाउसमेडबाट जाने अधिकांश चेली ठगिएका र समस्यामा रहेका कारण अध्ययन समिति बनाइएको बताए। 'बुधबारदेखि नै काम सुरु गरेका छौं, के कस्ता विषयमा समस्या छन्, अध्ययन गरेर रिपोर्ट तयार हुन्छ,' उनले भने।


अर्को समाचार
भारत हुँदै महिला धमाधम खाडीतिर
२५ वैशाख २०७१
•
६ मिनेट पाठ
भारत हुँदै महिला धमाधम खाडीतिर
काठमाडौं- घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् ।खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको तालिम संस्थाका सञ्चालक बताउँछन् ।
समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीका सञ्चालक तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सदस्य सीता देवकोटाले सरकारले श्रम स्वीकृति नदिँदा तालिम लिएर बसेका महिला कामदारमध्ये अधिकांश भारतको बाटोबाट खाडी पुगिसकेको बताइन् । ‘न तालिम दिन पाइन्छ, न श्रम स्वीकृति पाइन्छ । नयाँ त गैरकानुनी भएर जाँदैछन् । तालिम लिएका पनि भारतकै बाटो भएर पुगिरहेका छन्,’ उनले भनिन्, ‘खाडीबाट भिसा बन्द भए पो कामदार जान पाउदैनन् । स्वीकृति बन्द हुँदा त झन् अवैधानिक भएर जाने क्रम बढ्छ ।’ 
सरकारले दुई वर्षअघि संस्थागत (म्यानपावर कम्पनी) श्रम स्वीकृतिमा खाडी पठाउन रोक लगाएको थियो । अहिले व्यक्तिगत स्वीकृतिसमेत बन्द गरेर महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । घरेलु कामदारमा खाडी जान वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सूचीकृत संस्थाबाट तालिम लिनुपर्छ । बोर्डमा १७ वटा संस्था सूचीकृत छन् । ती संस्था पनि नयाँ कार्यविधिअनुसार अनुमति लिनुपर्नेमा नलिएकाले बन्द छन् । 
दुई वर्षमा नेपालबाट तालिम लिएर विभिन्न देश गएका महिला कामदार ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ । तीमध्ये ४ सयभन्दा बढी अलपत्र परेको र तिनीहरुको उद्धार कसरी गर्ने भन्नेमा छलफल चलिरहेकाले विभागले श्रम स्वीकृति बन्द गरी अध्ययन सुरु गरेको हो । 
श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले महिला कामदार भारतको बाटो जाने क्रम पहिलादेखि नै रहेको बताउँदै यो रोक्न प्रयास भएको जानकारी दिए । सरकारले अध्ययनको सिलसिलामा स्वीकृति रोक्दा पनि चोरबाटोबाट जाने क्रम जारी रहेकोले अध्ययन समितिको रिपोर्ट सार्वजनिक भएपछि तत्काल निर्णय हुने उनले बताए । ‘भारतको बाटो जानु गैरकानुनी हो । जुनसुकै बेला पनि पक्राउ पर्न सक्छ,’ उनले भने ।
अभिमुखीकरण तालिम दिने संस्थाले नै महिलालाई गैरकानुनी रुपमा खाडी पठाइरहेका छन् । संस्थागत स्वीकृति रोकिएपछि उनीहरुले व्यक्तिगत स्वीकृतिमा महिलालाई खाडी पुर्य इरहेको सरकारी कर्मचारी, कामदार र रोजगार व्यवसायी बताउँछन् । 
नेपालबाट महिला कामदार पठाउँदा प्रतिव्यक्ति २ हजार डलरसम्म कमिसन आउने रोजगार व्यवसायीको भनाइ छ । त्यही कमिसन खान तालिम दिने संस्थाले गाउँमा एजेन्ट खटाएर महिला खोज्छन् । तिनलाई काठमाडौंमा तालिम दिने र विदेश जान प्रोत्साहित गर्ने काम तालिम दिने संस्थाले नै गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेको भनाइ छ । 
खोटाङकी ३१ वर्षीया जमुना राईले काठमाडौं आएर तालिम लिएको तर अहिले जान नपाएपछि भारतको बाटो जाने बताइन् । ‘विदेश जाने योजना छ । नेपालबाट जान नपाइने भएछ भारतको बाटो जाने सल्लाह भएको छ,’ उनले भनिन् । आफूलाई खाडी जान आवश्यक प्रबन्ध तालिम दिने संस्थाले नै गरिदिने सर्तमा काठमाडौं आएको उनको भनाइ छ । 
नेपाली महिला घरेलु कामदारको रुपमा कुवेत, लेवनान, बहराइन, कतार र दुबई पुग्ने गरेका छन् । खाडीमा कतिपय घरेलु महिला कामदारले सम्झौताअनुसार तलब भुक्तानीमा ढिलाइ, शारीरिक र मानसिक यातना, घरमा सम्पर्क गर्न र फर्कन खोज्दा नपाउने लगायत समस्या झेलिरहेका छन् ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस